arrow

दुई सय देश र शासित राज्यमा फैलियो कोरोना, यस्तो छ तथ्याङ्क

छिनोफानो भएकामध्ये निको हुने ८१ र मृत्यु हुने १९ प्रतिशत

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
corona-iran1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको छ । मंगलबार बिहानसम्म दुई सय देश र शासित राज्यमा फैलिएको छ । 

त्यस्तै ७ लाख ८४ हजार ३८१ जना संक्रमित भइसकेका छन् । ३७ हजार ७८० को ज्यान गइसकेको छ । १ लाख ६५४ हजार ३५ जना निको भएर घर फर्केका छन् । 

२९ हजार ५९७ जनाको स्वास्थ्य गम्भीर छ । छिनोफानो भइसकेका २ लाख २ हजार ८१५ केसमध्ये १ लाख ६५ हजार ३५ लाई निको हुँदा ३७ हजार ७८० को ज्यान गएको हो । 

यो रेट हेर्दा ८१ प्रतिशतलाई निको भएको छ भने १९ प्रतिशतको ज्यान गएको छ । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् । एकै दिन अहिलेसम्मकै बढी १९ हजार ९८८ नयाँ संक्रमित भएका छन् । 

संक्रमितको संख्या १ लाख ६३ हजार ४७९ पुगेको छ । मृत्युको संख्या पनि ३ हजार १ सय ४८ पुगेको छ । एकैदिन ५६५ जना नयाँ मृतक बनेका छन् ।

अमेरिकामा मात्रै ३ हजार ५१२ जनाको स्वास्थ्य गम्भीर छ । पछिल्ला केही दिनदेखि निकै तीव्र गतिमा अमेरिकामा संक्रमण फैलिएको छ । 

इटालीमा १ लाख १ हजार ७३९ जना संक्रमित रहेका छन् । एकै दिन ४ हजार ५० जना थपिएका छन् । मृतकको संख्या सबैभन्दा बढी ११ हजार ५९१ पुगेको छ । जसमा ८१२ नयाँ मृतक थपिएका हुन् । 

स्पेनमा ८७ हजार ९५६ जना संक्रमित भएका छन् , जहाँ ७ जहार ७१६ जनाको ज्यान गइसकेको छ । जसमा नयाँ मृतक ९१३ हुन् । 

चीनमा भने नियन्त्रण नजिक पुगेको छ । ८१ हजार ४७० संक्रमित छन् । नयाँ ३१ मात्र हुन् । मृतकको संख्या ३ हजार ३०४ पुगेको छ जसमा ४ नयाँ हुन् । चीनमा मात्रै निको भएर फर्कनेको संख्या ७५ हजार ७०० छ । 

जर्मनीमा ६६ हजार ८८५ जना संक्रमित हुँदा ६४५ को ज्यान गएको छ । फ्रान्समा ४४ हजार ५५० जना संक्रमित हुँदा ३ हजार २४ जनाको ज्यान गएको छ । 

इरानमा ४१ हजार ४९५ जना संक्रमिमत हुँदा २ हजार ७५७ जनाको ज्यान गएको छ । बेलायतमा २२ हजार १४१ जना संक्रमित हुँदा १ हजार ४०८ जनाको ज्यान गएको छ । स्वीटजरल्यान्डमा १५ हजार ९२२ जना संक्रमित हुँदा ३५९ जनाको ज्यान गएको छ । 

बेल्जियममा ५१३, नेदरल्यान्डमा ८६४, टर्कीमा १६८, दक्षिण कोरियामा १५८, अष्ट्रियामा १०८, क्यानाडामा ८९, पोर्चुगलमा १४०, इजरायलमा १६, ब्राजिलमा १६३, अष्ट्रेलियामा १९, नर्वेमा ३२ र स्वीडेनमा १४६ को ज्यान गएको छ । 

आयरल्यान्डमा ५४, मलेसियामा ३७ , पोल्यान्डमा ३१ को ज्यान गएको छ । जापानमा ५६, रुसमा ९, पाकिस्तानमा २१, भारतमा ३२ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ