arrow

चीनको हुवेइबाट अर्को प्रान्तमा चिनियाँ जान खोज्दा भिडन्त

logo
एजेन्सी,
प्रकाशित २०७६ चैत १८ मंगलबार
china-corona-huwai.JPG

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको हुवेइ प्रान्तको वुहानका जनता हुवेइबाट अर्को प्रान्तमा जान खोज्दा झडप भएको छ ।

हुवेइसंग जोडिएको प्रान्त जियाङ्छीका जनताले हुवेइबाट छिर्न खोजेका चिनियाँलाई भित्र छिर्न नदिएका हुन् । 

दुवै क्षेत्रका जनताबीच दुई प्रान्तको बीचमा रहेको पुलमा हिंसात्मक झडप भएको हो । एक अन्तर्राष्ट्रिय समाचार अनलाइन पत्रिकाले दुई प्रान्तका जनताबीच झडप भएको बताएको छ । 

उसका अनुसार जब हुवेइका जनता उक्त क्षेत्र छाड्न खोज्छन् तब हिंसा भड्किने निश्चित छ । 

अर्थात् चीनको हुवेइबाट अर्को प्रान्तमा समेत जानलाई प्रतिवन्ध लगाएकैले गर्दा चीनको बेइजिङसम्म पनि कोरोना नपुगेको हो । हुवेइबाट चीनकै अर्को प्रान्तमा जान प्रतिबन्धित चिनियाँ विदेश कसरी गए भन्नेबारे छानबिन हुनु जरुरी रहेको कतिपयले तर्क गरेका छन् । 

चिनियाँ सामाजिक संजालमा पोष्ट भएको भिडियोका अनुसार हुवेइका मानिस जियाङछी छिर्न खोज्दा रोक्ने क्रममा पुलिसको गाडी पल्टियो र पुलिस ठूलो भीडबीच चिच्याइरहेको थियो। 

त्यसपछि आपसमा झगडा भएका थियो । जियाङ्छीका अधिकारीले समेत हुवेइलाई पुरै लकडाउन लगाइदिएका थिए । 

वुहानले आफ्नो लकडाउन गत हप्ता नै तोडिसकेको छ। तर अन्य प्रान्तले भने वुहान र हुवेइका जनतालाई प्रवेशमा रोक लगाएका छन् । 

हुवेइका जनता भन्नासाथ चीनका बाँकी प्रान्तमा निकै ठूलो अविश्वास छ। अर्कातर्फ चिनियाँ जनताहरु नै हुवेइमा कोरोना दवाइएको दावी गरिएको छ । महामारी फैलिएको भए पनि त्यसको तथ्यांकमा समेत पनि अन्य प्रान्तका जनता सरकारसंग विश्वस्त हुन सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ