arrow

कोरोना संक्रमणमा अमेरिकाको अर्को रेकर्ड, मृत्युमा चीनलाई पनि उछिन्यो, बन्यो भयावह स्थिति

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
trump-xi-jingping.jpg

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले गर्दा अमेरिका निकै नै थलिएको छ । 

अमेरिकामा सबैभन्दा संक्रमित रहेका छन् । संक्रमितको संख्या मंगलबार एकै दिन २३ हजार ९४१ जना थपिएका छन् । 

अहिलेसम्म अमेरिकामा १ लाख ८७ हजार ७२९ जना संक्रमित देखिएका छन् । एकै दिन थपिएको संख्या अहिलेसम्मकै उच्च हो । 

अमेरिकामा ३ हजार ८६७ जनाको ज्यान गएको छ । एकै दिन मंगलबार ७२६ जनाको ज्यान गएको छ । 

चीन भने चौथो स्थानमा झरेको छ । नियन्त्रण नजिक पुगेको चीनमा मंगलबार संक्रमित र मृतक कुनै पनि थपिएनन् । 

चीनमा ८१ हजार ५१८ जना संक्रमित छन् । जसमा ७६ हजार ५२ लाई निको भइसकेको छ भने ३ हजार ३०५ जनाको ज्यान गएको छ । ५२८ जनामात्र गम्भीर छन् । 

चीनले संक्रमणलाई नियन्त्रणमा लिएको दावी गरिरहँदा अमेरिकामा स्थिति भयावह बन्दै गएको हो । अमेरिकामा केवल ६ हजार ४६१ जनामात्र निको भएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अबको एक महिनाभित्र अवस्था निकै भयावह बन्ने बताएका छन् । 

कोरोना नियन्त्रणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले सघाउने बताए पनि अमेरिकाले टेरेको छैन । ट्रम्पले कोरोना भाइरसलाई ‘चाइना भाइरस’ भन्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ