arrow

नरेन्द्र मोदीको पत्र चिनियाँ प्रधानमन्त्रीलाई  

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
narendra-modi2.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ प्रधानमन्त्री लि क्विङलार्ई पत्र लेखेका छन् । उनले राम्रो सम्बन्धका लागि दुवै देश, क्षेत्र एवं संसारको शान्ति र समृद्धिका लागि महत्वपूर्ण बताएका छन् । 

मोदीले चीनलाई कोरोना भाइरसबाट छुटकारा पाउन सही अर्थमा ग्लोबल प्रतिक्रियालाई अपनाउनु जरुरी रहेको सुझाव दिएका छन् । 

भारतीय विदेश मन्त्रालयको बयान अुनसार मोदीले भारत र चीनको बीचमा राजन्यायीक सम्बन्धको स्थापनाको ७० औं वर्षगाँठको अवसरमा चिनियाँ प्रधानमन्त्री लि लाई पठाएको सन्देशमा यो कुरा बताएका हुन् । 

यसै अवसरमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेख्दै दुई देशबीचको मजबूद सम्बन्धको चर्चा गरेका छन् । 

मोदीले भारत र चीन दुई प्राचीन सभ्यता भएको र यसले वर्षौदेखि परस्पर आदानप्रदानको लामो इतिहास रचेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ