arrow

कोरोनामा फेरि रेकर्ड तोड्यो अमेरिकाले, एकैदिन संक्रमित र मृतकको संख्या उच्च, चीनमा शून्य

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
corona-usa1.jpg

काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितमा नयाँ रेकर्ड बनाएको छ । बुधबार एकै दिन अमेरिकामा २६ हजार ४७३ नयाँ संक्रमित फेला परेका छन् । 

उच्च विन्दूमा पुगेको अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार ३ पुगिसकेको छ । मृतकको संख्या पनि ५ हजार १०२ पुगिसकेको छ । 

एकै दिन १ हजार ४९ जनाको ज्यान गएको छ । यो संख्या अमेरिकाका लागि मात्र हैन समग्रमै उच्च हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साता अमेरिकाका लागि निकै कष्टप्रद हुने बताएका छन् । अमेरिकामा यथेष्ट मात्रामा परिक्षण भइरहेकाले पनि संक्रमितको संख्या बढी भएको बताइन्छ । 

दोस्रो स्थानमा इटाली रहेको छ । इटालीमा १ लाख १० हजार ५७४ संक्रमित पुगिसकेका छन् । मृतकको संख्या भने सबैभन्दा बढी छ । इटालीमा १३ हजार १५५ जनाको ज्यान गइसकेको छ । 

बुधबार ७२७ जनाको ज्यान गएको छ । 

स्पेन तेस्रो स्थानमा पुगेको छ संक्रमणका हिसाबले । एकै दिन ८ हजार १९५ संक्रमित थपिएपछि स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार ११८ पुगेको छ । मृतकको संख्या ९ हजार ३८७ पुगेको छ । बुधबार ९२३ जनाको ज्यान गएको थियो । 

चीन भने लगातार दोस्रो दिन शून्यमा पुगेको छ । चीनमा बुधबार एक जना पनि नयाँ संक्रमित वा मृतक भएनन् । ८१ हजमार ५५४ संक्रमित तथा ३ हजार ३१२ मृतक चीनमा छन् । 

जर्मनीमा संक्रमित ७७ हजार ९८१ पुगेका छन् । मृतक भने ९३१ मात्र छन् । 

विश्वका २०३ देश, क्षेत्र र २ अन्तर्राष्ट्रिय बाहकमा कोरोना फैलिएको छ । अहिलेसम्म ९ लाख ३५ हजार १८९ संक्रमित भएका छन् भने ४७ हजार १९२ को ज्यान गइसकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ