arrow

कोरोनासंग लड्न भारतीय सेना मैदानमा

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
corona-india-rajnath.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिँदै गर्दा उक्त संक्रमणलाई रोक्नका लागि भारतीय सेना मैदानमा उत्रने भएको छ । 

दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि सेना नै यसको रोकथामका लागि उत्रिन लागेको हो । सेनाका तीन वटै तह (जल, थल, वायु) नै तयारी अवस्थामा रहेका छन् । 

रक्षामन्त्री राजनाथ सिंहले बुधबार भिडियो कन्फ्रेन्समार्फत बैठकको आयोजना गर्दै सेनालाई मैदानमा उतार्ने बताएका हुन् । 

उक्त बैठकमा चिफ अफ डिसेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतले ‘सेनाको अस्पतालमा ९ हजार भन्दा बढी बेड उपलब्ध रहेको’ बताए । 

उनले जैसलमेर, जोधपुर, चेन्नई, मानेसर, हिंडन र मुम्बईमा एक हजार भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राखिएको बताए । 

भारतमा सेनाका १३३ वटा अस्पताल छन् । जसमा ११२ मिलिट्री, १२ एयरफोर्स र ९ नेभीका हुन् । 

आर्मी प्रमुख एमएम रनवणेले साढे ८ हजार भन्दा बढी डाक्टर र मेडिकल स्टाफ कोरोना विरुद्ध लड्न तयार रहेको बताएका छन् । 

त्यस्तै एयरफोर्स चिफ एयर मार्सल आरकेएस मदौरियाले पछिल्ला पाँच दिनमा वायुसेनाले देशका अलग अलग क्षेत्रमा २५ टनभन्दा बढी मेडिकल उपकरण आपूर्ति गरेको बताए । 

त्यस्तै नेभी चिफ एडमिरल करमवीर सिंहले कुनै पनि अवस्थामा कोरोनालाई नियन्त्रणमा लिनका लागि नौसेनाका जहाज तयार रहेको बताए । उनले जरुरत पर्नासाथ स्थानीय प्रशासनसंग मिलेर काम गर्ने बताएका छन् । 

आर्मीका २५ हजार एनसीसी र रिटायर्ड स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा राखिएको छ । 

भारतमा अहिलेसम्म १९ सय ९८ जना संक्रमित फेला परिसकेका छन् । त्यसैगरी ५८ जनाको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ