arrow

राजाले पनि रोक्न सकेनन् कर्फ्यु, कोरोनाबाट साउदीमा २१ को गयो ज्यान

logo
अरशद शेष राई,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
saudi-arabia.jpeg

साउदी अरेबिया । कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा मृत्यु हुनेको संख्या २१ पुगेको छ । बिहीबार थप ५ जनाको ज्यान गएपछि मृतकको संख्या २१ पुगेको हो । 

१६५ जना नयाँ संक्रमित बढेपछि संक्रमित हुनेको संख्या पनि १८ सय ८५ पुगेको छ । साउदी स्वास्थ्य मंत्रालयका अनुसार संक्रमितहरुमध्ये मदिना ५५, मक्का ५५, बाँकी रियाद, कातिफ, जेद्दाह, हूफ, तबुक, तैफ  र अल–हेनकियामा रहेका छन् । 

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट बिरामी परेकामध्ये हालसम्म २६४ जना निको भएको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणलाई रोक्न तथा थप फैलिन नदिनका लागि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले हर सम्भव प्रयास गरिरहेका छन् ।

विश्वभर तहल्का मच्चाईरहेको कोरोना भाइरसबाट बच्न तथा संक्रमणलाई रोक्नका लागि साउदी मंत्रालयले सबै नागरिक तथा साउदी अरेबियामा रहेका निवासीहरुलाई कर्फ्युको पालन गर्न र अफ्नो घरमा बस्नको लागि फेरि आग्रह गरेका छन् । 

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजलाई बुधबार ट्यूनीशियाई राष्ट्रपति कैस सैयदले टेलिफोन गरि कोरोना भाइरसको प्रसारलाई रोक्नको लागि दुई देशबीच सहयोग तथा समन्वय माथि चर्चा भएको कुरा बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ