arrow

भारतमा कोरोना संक्रमित बढ्दै, ७२ को मृत्यु

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
corona-india.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । दक्षिण एसियामा बिहीबारसम्म पाकिस्तानमा संक्रमित बढी भएकामा भारतले बिहीबारदेखि पाकिस्तानलाई पछि पारेको छ । 

भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा संक्रमण भइसकेको छ । जसमा १९१ जनालाई निको भएको छ । ७२ जनाको मृत्यु भइसकेको छ । 

संक्रमितमध्ये कोही पनि गम्भीर बिरामी नभएको बताइएको छ । तर २६३ केस बन्द भइसकेको अवस्थामा मृतकको रेट भने २७ प्रतिशत रहेको छ । जसमा १९१ लाई निको हुँदा ७२ को मृत्यु भएको हो । 

अर्थात् ७३ प्रतिशतलाई निको हुँदा २७ प्रतिशतको ज्यान गएको छ । 

बिहीबार मात्रै १४ जनाको ज्यान गएको थियो । ५४५ नयाँ संक्रमित भेटिएका थिए । 

पाकिस्तानमा भने २ हजार ४२१ जना संक्रमित छन् । ३४ जनाको ज्यान गइसकेको छ । 

भारतमा संक्रमित बढ्दै गर्दा खुल्ला सीमा भएका कारणले नेपाललाई पनि चुनौती उत्तिकै बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ