arrow

कोरोना भाइरसको उद्गमस्थल वुहानको बजार फेरि खुल्यो 

चीनले लत्यायो वैज्ञानिक, चिकित्सा विशेषज्ञ र पशु अधिकारकर्मीको आह्वान

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
china-wuhan-city-corona.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल चीनको वुहान सामान्य अवस्थामा फर्किसकेको छ । कोरोना भाइरसको उद्गम उक्त स्थलमा जनावरका विकृत मासु किनबेच हुँदै आएको छ । त्यही विकृतिबाटै कोरोनाको विकास भएको विश्वास वैज्ञानिकहरुको छ । 

भनिन्छ कि पहिलो पटक चिनियाँ चमेरोमा उक्त कोरोनाको विकास भयो । त्यसपछि त्यो अर्को जनावरमा गएर मानिसमा सर्यो । यो अझै प्रमाणित नभइसके पनि हैन नै भन्ने आधार चीनले दिन सकेको छैन । 

निकै लामो समयदेखि मारेर राखिएका चमेरा, सर्प पानगोलिन, कुकुर, सिफुड, उभयचरलगायतका थुप्रै जनावरहरुका कारण नै यो रोगको विकास भएको दावी एक थरी वैज्ञानिकको छ । 

त्यही चीनको बदनाम कमाएको ‘वेट मार्केट’ पुनः संचालनमा आएको छ । वासिङटन पोष्टका अनुसार उक्त मार्केट पुनः संचालनमा आएको छ । त्यो पनि पुरानै शैलीमा । 

त्यही वेट मार्केटबाट हुवेइ प्रान्तका ५५ वर्षीय मानिसमा कोभिड–१९ सर्यो र विश्वभर फैलिएको दावी हुँदै आएको छ । 

यति ठूलो विपदबाट बाहिरिँदै गर्दा पनि वुहानको उक्त वेट मार्केटमा कुनै परिवर्तन नआएको भन्दै आश्चर्य व्यक्ति गरिएको छ ।

उक्त मार्केट पुरै सुरक्षाकर्मीको नियन्त्रणमा चलिरहेको छ । त्यहाँ कसैलाई पनि तस्वीर लिन दिइएको छैन । सुरक्षागार्डहरुले रगतले भिजेको भुइँ, कुकुर, खरायोहरु र पिँजडामा डुबाएर राखिएका डरलाग्दा जनावरको तस्वीर लिन दिएका छैनन् । 

हुवानान सिफुड मार्केटलाई कोरोनाको केन्द्रविन्दू बनाइएको भए पनि सी चिनफिङको सरकारले बिना रोकटोक उक्त मार्केटको सटर खोल्न दिएको हो । 

गत जनवरी १२ तारिखमा विश्व स्वास्थ्य संगठनले पनि विभिन्न प्रमाणहरुलाई आधार मानेर वुहानको समुद्री खाना बजारबाटै प्रकोप फैलिएको हुन सक्ने बताएको थियो । 

कोरोना भाइरस महामारीको चार महिनामा बेइजिङले विजयोत्सव मनाएको छ । जबकि अहिलेसम्म उक्त भाइरसको खोपसमेत बनाइएको छैन । 

त्यहाँका मानिसले प्रकोप समाप्त भएको विश्वास गरेका छन् । उनीहरुले कुनै चिन्ता नै लिएका छैनन् । यसलाई अब उनीहरुको नभई विदेशीहरुको समस्याको रुपमा बुझेका छन् । 

त्यसैले पनि विश्वले यसलाई वुहान भाइरस वा चाइना भाइरस भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चाइना भाइरस नै भन्दै आएका छन् । 

धेरै वैज्ञानिक, चिकित्सा विशेषज्ञ र पशु अधिकारमा काम गर्ने अधिकारकर्मीहरुले उक्त वेट मार्केट बन्द गर्न आह्वान  गरेका छन् । तर चीनले यसले सुनेको नसुन्यै गरेको छ । 

चीनले आफ्नो गल्तीबाट कुनै पाठ सिक्न नखोजेको आरोप पनि उनीहरुले लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ