arrow

नरेन्द्र मोदी ‘योग निद्रा’ गर्ने ट्रम्प पुत्री इवांका हेर्ने 

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
modi-ivanka.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को आतंक रहेको छ । यसले भारत पनि अछुतो छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा तीन हप्ते लकडाउन लगाएका छन् । 

अझै एक हप्ता थप्ने योजना बनिरहेको बताइन्छ । किनकि त्यहाँ कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ । 

यसलाई ध्यानमा राखेर मोदीले घरमा बसिरहेका मानिसलाई प्रोत्साहित गर्नका लागि ट्वीटरमा आफूले गरेको योगाशन भिडियो सार्वजनिक गरेका छन् । 

मोदीले ‘योग निद्रा’ सार्वजनिक गर्दै सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेका छन्, ‘समय मिल्दा हप्तामा एक–दुई पटक योग निद्राको अभ्यास गर्ने गर्छु ।’

मोदीले लेखेका छन्, ‘यसले शरीर स्वस्थ्य र मन प्रसन्न हुन्छ । साथै यसले तनाव र चिन्ता पनि कम गर्छ ।’

यो भिडियो हेरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पुत्री इवांकाले रिट्वीट गरेकी छिन् । उनले ‘यो शानदार छ’ भनेकी छिन् । उनले मोदीलाई धन्यवाद पनि दिएकी छिन् । 

इवांका गत फेब्रुअरीमा ट्रम्पसंग भारत आएकी थिइन् । अमेरिकामा पनि करीव ३० लाख मानिसले योग अभ्यास गर्ने गर्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ