arrow

नरेन्द्र मोदीको तेस्रो कोराना सन्देश, ९ बजे ९ मिनेट बत्ती निभाऊ 

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
narendra-modi2.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसले संक्रामक बन्दै गइरहेका भारतीयलाई १६ दिनको अवधिमा तेस्रो पटक सन्देश दिएका छन् । 

शुक्रबार देशवासीका नाममा सन्देश दिँदै मोदीले आगामी आइतबार ५ अप्रिलमा राति ९ बजे सबैलाई ९ मिनेट घरमा बिजुली बत्ती बन्द गरेर मैनबत्ती, टर्च र दीयो या मोबाइलको फ्ल्यास बाल्न आग्रह गरेका छन् । 

उक्त समयमा बाहिर ननिस्की घरमै बसेर सामाजिक दूरी (सोसियस डिस्टेन्स) कायम गर्न पनि आग्रह गरेका छन् । 

मोदीले नौ दिनसम्मको लकडाउनमा जनताले देखाएको धैर्यको प्रशंसा गरेका छन् । 

१२ मिनेट भिडियो म्यासेज साझा गर्दै मोदीले जागरुकता अभियानका लागि धर्मगुरुहरुको मद्धत लिनुपर्नेमा जोड दिएका छन् । 

मोदीले यसअघि १९ मार्चमा संवोधन गर्दैै जनता कर्फ्यू लगाएका थिए । २४ मार्चमा उनले तीन हप्ताका लागि लकडाउन लगाएका थिए । लकडाउन १४ अप्रिलमा सकिँदैछ । 

अहिलेसम्म भारतमा २ हजार ५४३ जनालाई कोरोनाको संक्रमण भइसकेको छ भने ७२ जनाले ज्यान गुमाएका छन् । 

मोदीले विश्वलाई शक्तिको महसुस गराएको, अन्धकारबाट आशाको दिशामा जानुपर्ने र सामाजिक दूरी जरुरी रहेकोमा जोड दिएका छन् । 

मोदीले लकडाउनका समयमा जनताले पाएको दुःखप्रति माफी मागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ