arrow

लकडाउन पछिको कार्ययोजना बनाउन मुख्यमन्त्री योगीको निर्देशन

logo
एएनआई,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
yogi_g.jpg

उत्तरप्रदेश। भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन पछिको लागि कार्ययोजना बनाउन सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन्। यहि अप्रिल १४ तारिखसम्म तोकिएको लकडाउन नलम्बिएमा १५ तारिखदेखि गर्ने कामको बारेमा योजना बनाउन उनले शुक्रवार निर्देशन दिएका हुन्।

मुख्यमन्त्री योगीले ‘चुनौतीपूर्ण अवस्था’ को सामना गर्न विषेश योजनाको आवश्यकता रहेकोमा जोड दिएका छन्।

आफ्नो सरकारी निवासमा आयोजित ‘टिम ११’ को बैठकमा उहाँले अप्रिल १५ मा लकडाउन खुलेमा त्यसपछिको अवस्था निकै चुनौतीपूर्ण हुने बताए।

त्यतिबेला सामाजिक दुरी कायम गर्दै अन्य कामहरु गर्न कठिन हुने उनको भनाइ छ। “त्यसैले विद्यालय, कलेज, बजार, मललगायत खुलेको अवस्थामा कसरी काम गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा विषेश कार्ययोजना बनाउनुहोस्,” उनले भने।

मुख्यमन्त्री योगीले अत्यावश्यक खाद्यपदार्थ र सबै प्रकारको सहयोग नागरिकलाई सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिए। त्यसका लागि गैरसरकारी संस्थाहरूको सहयोग लिनु उपयुक्त हुने उनको भनाइ छ। 

उनले भावी कार्ययोजना र रणनीति तत्कालका लागि र भविष्यका लागि गरेर दुई प्रकारको बनाउनु पर्नेमा जोड दिए। उनले हरेक जिल्लामा सामुहिक भोज सन्चालन गर्नुपर्ने बताए।

प्रधानमन्त्री मोदीले घोषणा गरेको २१ दिने देशव्यापी लकडाउन यही अप्रिल १४ सम्म कायम रहने छ। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन गत मार्च २४ देखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो। 

भारतमा कारोना भाइरसका कारण शुक्रवारसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३०१ पुगेको छ भने ५६ जनाको मृत्यु भएको छ। सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या पछिल्ला दिनमा झन् बढदै गएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङकले देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ