arrow

कोरोनाले साउदीमा २५ को ज्यान लियो, मक्का–मदिनामा अनिश्चितकालका लागि २४ घन्टे कर्फ्यू 

logo
अरशद शेष राई, 
प्रकाशित २०७६ चैत २२ शनिबार
saudi-arabia-final.jpeg

साउदी अरेबिया । चीनको वुहान शहरबाट सुरु भई विश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म झण्डै ६० हजारको ज्यान गएको छ । 

११ लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन् । 

यो २०५ देश र क्षेत्र तथा दुई बहावमा फैलिसकेको छ । साउदी अरेबियाले पनि  कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हरसम्भव प्रयास गरिरहेको छ । तर आफ्नो देशमा फैलिन नदिनका लागि जति प्रयास गरेपनि यस भाइरसबाट अछुतो रहेन ।

साउदी अरेबियाको राजा सलमान बिन अब्दुल अजीजले कोरोना भाइरसलाई रोक्न तथा थप फैलिन नदिनका लागि सतर्कता अपनाउँदै धेरै अघि नै ठुला ठुला कदम उठाएपनि आफ्नो देशलाई कोरोनाबाट अछुतो राख्न सकेनन् ।

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट शनिबार दिउँसोसम्म २५ जनाले ज्यान गुमाइ सकेका छन् । 

२०३९ जना यसको संक्रमित रहेका छन् । जसमा ३५१ जना निको भएको स्वास्थ्य मंत्रालयले जनाएको छ । हालसम्म १६३ जनामा कोरोना भाइरसको संक्रमित ब्यक्तिको सम्पर्कको कारण भएको छ भने २ जना यात्राबाट सम्बन्धित रहेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

साउदी अरेबियामा दिन प्रतिदिन बढ्दै गइरहेको कोरोना भाइरसलाई रोक्ना साउदी सरकारले जति प्रयास गरेपनि हालसम्म यसको रोकथाममा कमी देखिएको छैन । 

बितेको २४ घन्टा भित्र कोरोना भाइरसबाट थप ४ जनाको ज्यान लिएको छ भने थप १५४ जना नयाँ कोरोना भाइरसको संक्रमित भेटिएको साउदी स्वास्थ्य मंत्रालयले पुष्टि गरेको हो ।
 
साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले कोरोना भाइरसलाई रोक्न तथा थप फैलिन नदिनका लागि साउदी अरेबियामा साँझ ७ बजे देखि बिहान ६ बजे सम्मका लागि २१ दिने कर्फ्यूको घोषणा गरेका थिए । 

तर पछि मक्का, मदिना र साउदी अरेबियाको राजधानी रियाद शहरमा कोरोना भाइरसका संक्रमित बढी भेटिएपछि साउदी सरकारले यी तीन शहरमा कर्फ्यूको समयमा ४ घन्टाको वृद्धि गरि दिउँसो ३ बजेदेखि बिहान ६ बजे सम्मका लागि कर्फ्यूको घोषणा गरेका थिए ।

साउदी अरेबियाको शहर मक्का मदिनामा एकै दिन बुधबार कोरोना भाइरसको ५५– ५५ जनामा संक्रमण भेटिएपछि साउदी सरकारले अर्को सूचना नआए सम्म्का लागि मक्का मदिनामा २४ घन्टा अनिश्चितकालीन कर्फ्यू लगाएको छ भने दम्माम, ताइफ र कतिफमा दिउँसो ३ बजेदेखि बिहान ६ बजे सम्मका लागि कर्फ्यू लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ