arrow

इमरान सरकार विपद्मा पनि अमानवीय देखियो, अल्पसंख्यकलाई राहतको रासन पनि दिइएन (भिडियोसहित)

logo
एजेन्सी,
प्रकाशित २०७६ चैत २२ शनिबार
corona-pakistan-minorities.jpg

काठमाडौं। पाकिस्तानले नोभल कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएका बेलामा पनि पीडितलाई असमान व्यवहार गरेको छ। इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले रासन बाँड्दा विभेद गरेको समाचारहरु सार्वजनिक भएका छन्। आपतविपद्मा धर्म, संस्कृति, देश र भेष हेरिँदैन भन्ने भनाइलाई समेत लत्याएर इममान सरकारले गैरमुस्लिम अल्पसंख्यक समुदायलाई राहतमा समेत भेदभाव गरेको छ।

कोरोना भाइरसका कारण अहिले पाकिस्तानका विभिन्न क्षेत्र पनि प्रभावित भएको छ । खानका लागि खाद्यान्नको समेत अभाव भएको छ। यस्तोमा इमरान खान सरकारले बहुसंख्यक सुन्नी समुदायका मुस्लिमहरुलाई मात्र ध्यान दिदा गैरमुस्लिमलाई रासन समेत पाउन गाह्रो छ। गैरमुस्लिमहरुले अहिले वाँकी बिश्वसँग सहयोगको याचना गरिरहेका छन्। आफूहरुले पनि बाँच्न पाउनु पर्ने भन्दै उनीहरुले हारगुहार गरिरहेका छन्।

सिन्ध प्रान्तमा रहने अल्पसंख्यक हिन्दूहरुलाई बढी नै भेदभाव गरिएको छ। पछिल्ला दिनहरुमा स्थानीय प्रशासनका तर्फबाट कराँचीमा मानिसहरुलाई रासन र अन्य जरुरी सामान बाँडिएको थियो । तर हिन्दूहरुलाई खाली हात फर्काइएको छ। राहत बाँड्नेहरुले भनेका छन् कि त्यो केबल मुस्लिम समुदायका लागि हो। 

सिन्धमा करीव ५ लाख हिन्दू छन्। सिन्धमा सरकारले प्रशासन र एनजीओलाई राहत बाँड्ने जिम्मा दिएको छ। त्यहाँका हिन्दूहरु लगायतले आफूहरुमाथि अन्याय भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग गुहार मागेका छन्। हिन्दूसहित अल्पसंख्यक क्रिश्चियन, सिख, जैन, बुद्धिष्ट र शिया र अहमदियाससमेत पनि सरकारी राहत पाउनेमा परेका छैनन्।

पाकिस्तानी खान सरकार देवबन्दी विचारबाट प्रभावित सुन्नी मुस्लिम समुदायबाट संचालित छ। यो समुदाय साउदी अरेबिया मौलानासको वहाबी आदर्शबाट प्रभावित मानिन्छ। वर्तमान जनसांख्यिक आधारमा पाकिस्तानमा मुस्लिम ९० प्रतिशत रहेका छन्। जसमा ८५ प्रतिशत सुन्नी, ७ प्रतिशत शिया र अहमदियाज रहेका छन्। त्यसैगरी १.५ प्रतिशत हिन्दू तथा ३ प्रतिशत अरु समुदायका रहेका छन्। सन् १९४७ मा पाकिस्तानमा २० प्रतिशत हिन्दू रहेका थिए। 

हेरौं कोरोना भाइरसको महामारी फैलिएका बेलामा पनि पाकिस्तानमा राहत नपाएका पीडित हिन्दू लगायत समुदायका केहि प्रतिनिधीहरुको यो पीडा :


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ