arrow

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित, २४ घन्टामा ४७८ थपिए

logo
एएनआई,
प्रकाशित २०७६ चैत २२ शनिबार
corona-india1.jpg

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ। यहाँ अहिलेसम्म 3 हजार ८२ जनामा यसको सङ्क्रमण भेटिएका छन्। प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ८६ जनाको ज्यान गएको छ। त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये २२९ जना निको भएर घर फर्किएका छन्। अरु सबैजना अस्पतालमा उपचाररत छन्।

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन्। उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ मा २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए। भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको मोदी बताएका थिए।

भारतीय प्रधानमन्त्री लकडाउनको घोषणा भएको हिजो नवौँ दिनमा जनतालाई सम्बोधन गर्नु हुदै कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका थिए।

उनले भने– ‘कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन।’ उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखेका थिए।

भारतको महाराष्ट्र, तामिल नाडु, केरला, नयाँ दिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलाङ्गाना, चन्डीगढ,  जम्मु र काश्मिर, लदाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यहरुमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरुको ज्यान गएको छ। सरकारी स्रोतले दिएको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ८६ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ