arrow

सिराहाबाट गएका मुस्लिम तवलिगी जमातीका प्रचारकहरु भारतमा पक्राउ

कोरोना संक्रमण रोक्न असहयोग गरेको आरोपमा पक्राउ

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
Markaj-muslim-corona.png

काठमाडौं। भारतको दिल्लीको निजामुद्दीन मर्कसमा भाग लिएर भारतमै लुकीछिपी रहेका तवलिगी समाजसँग आवद्ध १७ नेपाली पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पक्राउ परेकाहरु नेपालको सिराहाको भएको बताइएको छ। 

मुस्लिम धर्मावलम्वी अन्तर्गतका तवलिगी समाजका जमातीका कारण भारतभर कोरोना संक्रमण विस्तार भएको तथ्य वाहिरिएपछि भारतका विभिन्न राज्यमा उनीहरुको व्यापक खोजी हुन थालेको थियो। उनीहरुलाई भारत सरकारले आफू रहेको ठाउँको जानकारी दिएर सहयोग गर्न भने पनि उनीहरुले आफ्नो पहिचान र रहेको ठाउँको बारेमा सूचना लुकाएपछि सरकार कडाईको साथ खोजीमा लागेको हो।

यसक्रममा तवलिगी जमातका मुख्य व्यक्ति मौलाना साद भने भूमिगत रहेका छन्। उनी फरार रहेको प्रहरीले जनाएको छ। उनीसँगै धेरै तवलिगी समाजका व्यक्तिहरु पहिचान लुकाएर मस्जिदमा बसेको र केहि फरार हुने क्रममा रहेको पनि त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन्। 

यसै क्रममा आफ्नो पहिचान लुकाएर नेपालतर्फ भाग्ने तयारीमा रहेका १७ जना नेपाली उत्तर प्रदेशबाट पक्राउमा परेका छन्। उनीहरु नेपालतर्फ भाग्ने क्रममा उखुखेतबाट पक्राउ परेको समेत बताइएको छ। उत्तर प्रदेशको वागपतबाट पनि १ जना नेपाली पक्राउ परेका छन्। 

शनिवारसम्मको तथ्याङक अनुसार भारतको कूल संक्रमितमध्ये ३० प्रतिशत भन्दा बढी यहि समाजसँग सम्वन्धित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा शनिवार रातीसम्म संक्रमितको संख्या ३ हजार नाघेको छ भने ७५ जनाको मृत्यु भएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ