arrow

अमेरिकामा कोरोना संक्रमित र मृतकको संख्या उच्च, यस्तो छ तथ्याङ्क

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
trump-corona-usa.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतकको संख्या उच्च भएको छ । 

शनिबार अहिलेसम्मकै उच्चविन्दूमा संक्रमित र मृतकको संख्या पुगेको छ । शनिबार ३४ हजार १९६ नयाँ संक्रमित थपिएका छन् । 

एकै दिन यतिधेरै संख्यामा संक्रमित फेला परेका हुन् । अहिलेसम्म अमेरिकामा ३ लाख ११ हजार ३५७ जना संक्रमित भइसकेका छन् । 

अमेरिकामा मृतकको संख्या ८ हजार ४५२ पुगेको छ । शनिबार मात्रै एक हजार ४८ जनाको मृत्यु भएको छ । 

८ हजार २०६ जना अहिले  पनि गम्भीर छन् । अमेरिकामा जम्मा १४ हजार ७४१ जना मात्र निको भएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल महिना निकै खतरनाक भएको भन्दै २ लाख मानिसको ज्यान जान सक्ने अनुमान समेत गरेका छन् । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको छ । त्यहाँ १ लाख १४ हजार ७७५ जना संक्रमित भएका छन् भने ३ हजार ५६५ जनाको ज्यान गएको छ । 

न्यूजर्सीमा ३४ हजार १२४ संक्रमित हुँदा ८४६ जनाको ज्यान गएको छ । मिचिगनमा १४ हजार २२५ संक्रमितम हुँदा ५४० को ज्यान गएको छ । क्यालिफिोर्नियामा १३ हजार ६४९ संक्रमि हुँदा ३१९ को ज्यान गएको छ । 

लुसियानामा १२ हजार ४९६ जना संक्रमित हुँदा ४०९ के ज्यान गएको छ । मासाचुसेट्समा ११ हजार ७३६ जना संक्रमित हुँदा २१६ जनाको ज्यान गएको छ । 

फ्लोरिडामा ११ हजार ५४५ जना संक्रमित हुँदा १९५ जनाको ज्यान गएको छ । 

पेन्सिल्भिानियामा १० हजार ४१५ जना संक्रमित हुँदा १३६ जनाको ज्यान गएको छ । इलिनोइसमा १० हजार ३५७ जना संक्रमित हुँदा २४३ जनाको ज्यान गएको छ । 

वासिङटनमा ७ हजार ५९१ जना संक्रमित हुँदा ३१४ जनाको ज्यान गएको छ । जर्जियामा भने ६ हजार ३८३ जना संक्रमित हुँदा २०८ जनाको ज्यान गएको छ । 

विश्वका २ सय ६ देश तथा क्षेत्रमा फैलिएको कोरोनाले अहिलेसम्म १२ लाख १ हजार ४४३ जनालाई संक्रमित पारिसकेको छ । 

६४ हजार ६७५ जनाको ज्यान गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ