arrow

भारतमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै, ७९ को गयो ज्यान, कहाँ कति ? 

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
corona-india.JPG

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अनियन्त्रित बन्दै गएको छ। आइतबार बिहानसम्म मृतकको संख्या ७९ पुगिसकेको छ। ३ हजार ६७८ जना संक्रमित भएका छन्। 

जबकि त्यसअघिको ५२ दिनमा ४०३ संक्रमित हुँदा ७ जनाको मात्र ज्यान गएको थियो। मार्च ३० देखि अप्रिल ५ सम्म ७५ जनाले ज्यान गृमाइसकेका छन् । यो अवधिमा २ हजार ५३९ जना संक्रमित भएका छन्। शनिबार महाराष्ट्र, मध्यप्रदेश, तमिलनाडु, गुजरात, राजस्थान र कर्नाटकमा १४ जनाको ज्यान गएको थियो। 

अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ३२ को ज्यान गइसकेको छ । तेलंगानामा १२ जनाको तथा मध्यप्रदेश र गुजरातमा ११–११ जनाको मृत्यु भएको छ। दिल्लीमा ७, पश्चिम बंगालमा ६ तथा राजस्थान, कर्नाटक र पंजाबमा ४–४ जनाले दम तोडेका छन्।तमिलनाडुमा ३ जनाले ज्यान गुमाउँदा हिमाचल, जम्मू–कश्मीर, उत्तर प्रदेश र केरलमा २–२ को मृत्यु भएको छ। बिहार, हरियाणा, चन्डीगढ र आन्ध्रप्रदेशमा १–१ ले ज्यान गुमाएका छन् । भारतमा मार्च ११ मा पहिलो संक्रमितको मृत्यु भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ