arrow

कोरोनाबाट युएईमा १० को मृत्यु, जुध्न ७० अर्ब डलर घोषणा

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
UAE.JPG

अबु धाबी । युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ । 

तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो । 

बैंकले अघि सारेको पछिल्लो प्याकेजमा खासगरी बैंकहरुले सामना गर्नु परेका वित्तीय र तरलता अभावलाई सम्बोधन गरिएको छ । नयाँ कदममा डिमान्ड डिपोजिटमा यसअघि बैंकहरुले राख्नुपर्ने सुरक्षणलाई १५ प्रतिशतबाट ७ प्रतिशतमा झारिएको छ जसबाट ग्राहकले बाँकी रकम बैंकबाट झिक्न पाउने छन् । यसबाट बैंकहरुसँग करिब १७ अर्ब डलर तरलता उपलब्ध हुनेछ । 

युएईमा हालसम्म एक हजार ५०५ जना कोरोनाभाइरसबाट संक्रमित व्यक्ति छन् भने १० जनाको मृत्यु भएको छ । युएईमा हाल यात्रामा प्रतिबन्ध लगाउनुका साथै सपिङ मल र मनोरञ्जनका स्थलहरु बन्द गरिएका छन् । 

गत शनिबार रातिदेखि नै दुबईमा दुई साता लामो लकडाउन घोषणा गरिएको छ । सरकारले दुबईमा व्यापक स्वास्थ्य परीक्षण अभियान चलाउने निर्णय पनि गरेको छ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ