काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा भारतभर दिप प्रज्वलन गरिएको छ । उनले कोरोना भाइरसको अन्धकारको विरोधमा आइतबार राति ९ बजे ९ मिनेटसम्म विद्युतीय बत्ती बन्द गरेर दीयो र मोमबत्ती र टर्च तथा फोनको फ्ल्यास लाइट बाल्न गरेको आग्रहलाई धेरैजसोले पालना गरेका छन्।
मोदीले तेस्रो कोरोना सम्वोधनका क्रममा सबैले आइतबार उक्त समयमा दीयो बाल्न आग्रह गरेका थिए। लकडाउनका समयमा घरमै बस्न वाध्य नागरिकले आफूलाई एक्लै नठानुन् भन्नका लागि एकैपटक मिलेर दीयो बालिएको भातीयर मिडियाले भनेका छ्न ।
भनी स्लोक लेखेका थिए । जसको तात्पर्य शत्रुको बुद्धि नाश गरेर दीपकको माध्यमबाट शुभ होस् । हाम्रो कल्याण होस् । आरोग्य दिँदै धन–सम्पत्ति दिनुहोस् । म तपाईको ज्योतिप्रति नमन गर्दै स्तुति गर्दछु ।
९ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्द लगायत सबैजसो उच्च ओहदाका भारतीयले बत्ती बालेका थिए ।
नेपालमा पनि नेपाली समयअनुसार ९ बजे बत्ती बालिएको थियो । त्यतिमात्र हैन नेपालीले बेलुकी ७ बजेर ७ मिनेटमा पनि बत्ती बालेका थिए ।
यो दीपावलीको दीयो जस्तै रहेको थियो । यो दीयोले सकारात्मक उर्जा प्राप्त गर्ने विश्वास गरिएको छ । यसले कोरोना भाइरसको संक्रमणलाई परास्त गर्न सक्ने विश्वास गरिएको छ ।
यसो भन्द ऋग्वेद
धर्म ग्रन्थमा दीपक (दीयो) को ठूलो महत्व छ । दीयोले देवताहरुलाई तेज राख्ने गर्दछ । यसकारण सकारात्मक उर्जाको संचार गर्नका लागि दीयो जलाइन्छ ।
ऋग्वेद समयदेखि नै अग्नि प्रज्ज्वलित अर्थात् दीयो बाल्ने परम्परा छ । त्रेतायुगमा श्रीराम अयोध्या आउँदा तथा द्धापर युगमा श्रीकृष्णले नरकासुर राक्षसलाई मारेपछि दीयो बालिएको थियो ।
कलियुगमा दीपावली पर्वका अवसरमा सुख–समृद्धिका लागि कामना र उल्लास प्रकट गर्नका लागि पाँच दिनसम्म बत्ती बालिन्छ ।
अग्नि पुराण, बम्हवैवर्त पुराण, देवी पुराण, उपनिषद तथा वेदमा गाईको घ्यु तथा तिलको तेलबाट दीयो जलाउने विधान रहेको छ ।