arrow

अमेरिकामा एकै दिन ११ सय ६५ को कोरोनाबाट मृत्यु, यस्तो छ आँकडा

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
corona-usa1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकालाई सबैभन्दा बढी प्रभावित पारेको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ३६ हजार ६७३ जना संक्रमित भएका छन् । 

एकै दिन २५ हजार ३१६ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतकको संख्या पनि ९ हजार ६१६ पुगेको छ । एकै दिन १ हजार १६५ जनाको ज्यान गएको छ । 

संक्रमण रोक्ने प्रयास अमेरिकाको असफल बन्दै गएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको छ । न्यूयोर्कमा मात्रै १ लाख २३ हजार १८ जना संक्रमित भएका छन् । 

४ हजार १५९ जनाको ज्यान गएको छ भने ५९४ नयाँ मृतक हुन् । दोस्रो स्थानमा न्यूजर्सी रहेको छ । त्यहाँ ३७ हजार ५०५ जना संक्रमित छन् भने ९१७ जनाको ज्यान गएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अप्रिल महिना निकै नै पीडादायी हुने यसअघि नै बताइसकेका छन् । 

पूर्वानुमान गरिए अनुसार अमेरिकामा मात्रै दुई लाख मानिसको ज्यान जान सक्छ । नेपालीहरु पनि परेका छन् । अहिलेसम्म ३ नेपालीको ज्यान गइसकेको पुष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ