arrow

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
boris-johnson-pm-UK.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले बेलायतलाई पनि आक्रान्त पारेको छ । बेलायतमा अहिलेसम्म ४७ हजार ८०६ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ९३४ जना पुगेको छ । 

तुलनात्मक रुपमा निको हुनेको संख्या एकदमै न्यून रहेको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन नै अस्पतालमा भर्ना भएका छन् । उनी कोरोना संक्रमित भएपछि १० दिनपछि पुनः परीक्षणका लागि अस्पतालमा भर्ना नै भएका हुन् । 

उनी सचेतना कदम चाल्नका लागि नै अस्पतालमा भर्ना भएका हुन् । उनी संक्रमित हुँदा समेत  प्रधानमन्त्रीको निवासबाटै काम गरिरहेका थिए । 

बीबीसीका राजनीतिक सम्पादक लौरा कुजुन्सबर्गका अनुसार प्रधानमन्त्री जोन्सनको अस्पताल बसाइलाई रुटिन टेष्टको रुपमा हेरिएको छ । 

जोन्सनलाई गत मार्च २७ तारिखमा कोरोना संक्रमण देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ