arrow

कोरोना भाइरसः कसरी देखियो चिडियाखानाको बाघमा कोरोना ? 

अर्को विशेष अनुसन्धान पनि गर्नुपर्ने

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
corona-tiger.jpg

काठमाडौं । मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाघमा पनि देखिएको छ । 

अमेरिकाको न्यूयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको चार वर्षको मलायन पोथी बाघमा कोरोना भाइरस  देखिएको हो । 

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ । 

चिडियाखानामा काम गर्ने व्यक्तिबाटै बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको बीबीसीले लेखेको छ ।

आइतबार चिनियाखाना प्रशासनले जारी गरेको विज्ञप्तिमा ‘हामीले अति सावधानीपूर्वक नादिया (बाघ) को परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं’ भनिएको छ । 

भाइरस संक्रमणका कारण बाघको दैनिक खानपान घटेको छ। भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ ।

चिडियाखानामा काम गर्ने मानिसबाट यदि बाघलाई कोरोना सरेको हो भने अर्को विशेष अनुसन्धान पनि गर्नुपर्ने भएको छ । 

संक्रमितले जनावरलाई पनि सार्नेछ । घरपालुवा जनावर अझै बढी संक्रमित हुनेछन् । 

अमेरिकामै बढी संक्रमित मानिस
अमेरिकालाई सबैभन्दा बढी प्रभावित पारेको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ३६ हजार ६७३ जना संक्रमित भएका छन् । 

एकै दिन २५ हजार ३१६ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतकको संख्या पनि ९ हजार ६१६ पुगेको छ । एकै दिन १ हजार १६५ जनाको ज्यान गएको छ । 

संक्रमण रोक्ने प्रयास अमेरिकाको असफल बन्दै गएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको छ । न्यूयोर्कमा मात्रै १ लाख २३ हजार १८ जना संक्रमित भएका छन् । 

४ हजार १५९ जनाको ज्यान गएको छ भने ५९४ नयाँ मृतक हुन् । दोस्रो स्थानमा न्यूजर्सी रहेको छ । त्यहाँ ३७ हजार ५०५ जना संक्रमित छन् भने ९१७ जनाको ज्यान गएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अप्रिल महिना निकै नै पीडादायी हुने यसअघि नै बताइसकेका छन् । 

पूर्वानुमान गरिए अनुसार अमेरिकामा मात्रै दुई लाख मानिसको ज्यान जान सक्छ । नेपालीहरु पनि परेका छन् । अहिलेसम्म ३ नेपालीको ज्यान गइसकेको पुष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ