arrow

साउदीमा कोरोनाले मर्नेको संख्या बढ्दै, ३४ जनाको मृत्यु, संक्रमितमध्ये ४७ प्रतिशत साउदी नागरिक

logo
अरशद शेष राई, 
प्रकाशित २०७६ चैत २४ सोमबार
saudi-arabia.jpeg

साउदी । महामारीको रुपमा फैलिएको कोरोना भारसको संक्रमणबाट साउदी अरेबियामा पनि दिन प्रतिदिन मानिसहरुको मर्नेको संख्या बढ्दै गइरहेको छ । 

साउदी अरेबियामा आइतबार बितेको २४ घन्टा भित्र कोरोना भाइरसबाट ५ जनाको ज्यान गएको छ भने २०६ जना नयाँ कोरोना भाइरसको संक्रमित भेटिएको साउदी स्वास्थ्य मंत्रालयले घोषणा गरेको छ । 

जसमा नयाँ भेटिएका ६८ जना उपचारपछि निको भएको जनाएको छ ।

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट नयाँ ५ जनाको मृत्यु हुनुको साथै जम्मा मृत्यु हुनेको संख्या ३४ पुगेको हो । जसमा संक्रमित हुनेको संख्या २४०२ पुगेको छ जसमध्ये ४८८ जना उपचारपछि निको भएका छन् । बाँकीको अहिलेसम्म उपचार चलिरहेको छ । 

जसमध्ये २८ जनाको स्थिति चिन्ताजनक रहेको छ । तिनीहरुलाई आइसोलेसनमा राखेर उपचार गरिरहेका छन् ।

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमित हुनेहरुमा ४७ प्रतिशत मात्र साउदी नागरिक रहेका छन् भने रोजगारीको सिलसिलामा साउदी अरेबिया आएका प्रवासीहरुमा ५३ प्रतिशत कोरोना भाइरस देखा परेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

साउदी अरेबियाको शहरस्थित भेटिएका कोरोना भाइरसको संक्रमितहरु –
रियाद – ७१४, मक्का – ४६६, जद्दा – ३४५, मदिना – २३९, दम्माम – १४३, कताइफ – १३७, होफोफ – ४४, खोबर – ३९, ताइफ – ३७, धहरान – ३६, तबुक – ३२, खमिस मुसैथ – १८, नजरान – १७, अबहा – १६, बिशहा – १५, बुरैदह – १५ जना रहेका छन् ।

स्वास्थ्य मंत्रालयका प्रवक्ताले जारी गरेको सूचनामा भनिएको छ ‘जब सम्म धेरै एमर्जेन्सी काम नभए तब सम्म घर बाहिर न निस्किन आग्रह गरेको छ साथ साथै भनिएको छ यदि बिना काम घर बाहिर निस्किनु हुन्छ भने आफ्नो साथ सथै अरुको जिन्दगीलाई पनि खतरामा राख्नु हुन्छ । त्यसैले बिना काम घरबाट बाहिर न निस्किन र कोरोना भाइरसलाई रोक्न थप फैलिन नदिनका लागि घरमै बस्न आग्रह गरिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ