arrow

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन आइसीयूमा

विदेशमन्त्री डोमिनिक राबलाई ‘जहाँ आवश्यक पर्छ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन’ जोनसनको आग्रह

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
boris-johnson-pm-UK.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

उनलाई देखिएको कोरोना भाइरस संक्रमणका लक्षणहरू ‘खराब’ भएपछि अस्पतालको सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट, आइसीयू) मा सारिएको छ । 

प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाए अनुसार एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा आइसीयूमा सारिएको र उनको उत्तम हेरबिचार भइरहेको बताएका छन् ।

५५ वर्षीय जोनसनलाई आइतबार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। उनलाई मार्च २७ तारिखमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । 

आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटरको नजिक हुन सकुन् भनेर उक्त निर्णय लिइएको बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले बताएकी छिन्।

डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई ‘जहाँ आवश्यक पर्छ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन’ भनेको बताएका छन् ।

महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ