arrow

अमेरिकामा कोरोनाको संक्रमण उच्चविन्दूमा, एकै दिन सबैभन्दा बढी संक्रमित र मृतक

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
corona-usa1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा बढी असर अमेरिकालाई पार्दै गएको छ । अमेरिकामा दिनानुदिन संक्रमित र मृतक बढ्दै गएका छन् । 

सोमबार एकै दिन संक्रमित ३० हजार २३३ बढेका छन् । त्यसैगरी मृतक एकै दिन १ हजार २५२ जना भएका छन् । 

संक्रमितको संख्या ३ लाख ६६ हजार ९०६ पुगेको छ । मृतकको संख्या १० हजार ८६८ पुगेको छ । अस्पतालमा ८ हजार ८७८ जनाको स्वास्थ्य गम्भीर रहेको छ । 

संक्रमणको तुलनामा निको भएर घर फर्कनेको संख्या न्यून रहेको छ । अमेरिकामा १९ हजार ६५६ जनामात्रै निको भएका छन् । 

अन्य देशहरुको तुलनामा अमेरिकामा कोरोनाको असर तीव्र गतिमा परेको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अप्रिल महिना अत्यन्तै पीडादायी हुने बताइसकेका छन् । 

कुन राज्यमा कति संक्रमित ?
सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको छ । न्यूयोर्कमा मात्रै १ लाख ३१ हजार ९१६ जना संक्रमित भएका छन् । 

४ हजार ७५८ जनाको ज्यान गएको छ भने ५९९ नयाँ मृतक हुन् । दोस्रो स्थानमा न्यूजर्सी रहेको छ । त्यहाँ ४१ हजार ९० जना संक्रमित छन् भने १००३ जनाको ज्यान गएको छ । 

मिचिगनमा १७ हजार २२१ जना संक्रमित हुँदा ७२७ जनाको ज्यान गएको छ । क्यालिफोर्नियामा १६ हजार १९ जना संक्रमित हुँदा ३८० जनाको ज्यान गएको छ । 

लुजियानामा १४ हजार ८६७ जना संक्रमित हुँदा ५१२ जनाको ज्यान गएको छ । मासाचुसेट्समा १३ हजार ८३७ जना संक्रमित हुँदा २६० जनाको ज्यान गएको छ । 

फ्लोरिडामा १३ हजार ६२९, पेन्सिलभानियामा १३ हजार ११२, इलिनोइसमा १२ हजार २६२, वासिंटनमा ८ हजार ३१६, टेक्सासमा ८ हजार ८८, जर्जियामा ७ हजार ३१४, कनेक्टिकटमा ६ हजार ९०६ र कोलोराडोमा ५ हजार १७२ जना संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ