arrow

चीनले दुई लाख ‘बडी ब्याग’ किन मगायो ? कतै कोरोनाको भयावह लुकाएको त छैन ?

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
corona-xi-jinping.jpg

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को उद्गम देश चीनले कोरोना नियन्त्रणमा आएको बताएको छ।चीनले दिएको तथ्यांकअनुसार कोरोनाको संक्रमण एकदमै न्यून छ।

अहिलेसम्म चीनमा केबल ८१ हजार ७४० जनामात्र संक्रमित छन्। जबकि ७७ हजार १६७ जना निको भएर घर फर्किसकेका छन्। ३ हजार ३३१ जनाको मात्र ज्यान गएको चीनले जनाएको छ। चीनले दिएको जानकारी अनुसार केबल १ हजार २४२ जनामा मात्र सक्रिय केस छ। बाँकी बन्द भइसकेको छ। 

तीमध्ये २११ जनामात्र गम्भीर रहेको चीनले जनाएको छ। यो तथ्याङ्क विश्वलाई नै चकित पार्ने खालको छ।किनकि कोरोनाको संक्रमण रोक्ने कुनै औषधि तयार भएकै छैन। यसो हुँदा पनि चीनले रोग आफ्नो नियन्त्रणमा आइसकेको बताउनु आफैमा आश्चर्य हो।

किनकि अमेरिकासहित युरोपेली मुलुकहरुमा निकै तीव्र गतिमा यो रोगको संक्रमण फैलिएको छ। मंगलबार मध्यान्ह १२ बजेसम्मको स्थिति हेर्दा विश्वका २०९ राष्ट्र तथा शासित क्षेत्र तथा दुई वटा वहाबमा गरी फैलिएको कोरोनाबाट १३ लाख ४७ हजार ५८९ मानिस संक्रमित भएका छन्। त्यस्तै ७४ हजार ७८२ जनाको ज्यान गइसकेको छ। केबल २ लाख ८६ हजार ४५३ जना मात्र उपचार पछि निको भएका छन्।

४७ हजार ३९६ जना गम्भीर बिरामी छन् भने केस बन्द भएका ३ लाख ६१ अहजार २३५ जनामध्ये २१ प्रतिशतको ज्यान गएको छ। यो स्थिति रहँदा र चीनले नियन्त्रणमा आइसकेको जनाइरहँदा ताइवानबाट दुई लाख शरीर झोला (बडी ब्याग) मगाएको तथ्यले भने आशंका जनाइएको छ। कोरोनाको उद्गमस्थल वुहान शहरबाट अहिले पनि कसैलाई अर्को प्रान्तमा र अर्को प्रान्तका व्यक्तिलाई त्यहाँ जान दिइएको छैन। 

बहस आशंकाको
कोरोना भाइरसलाई लिएर विश्वभर बहस चलिरहेको छ। त्यो बहस हो कोरोना भाइरस फैलाउन जिम्मेवार को छ ? एक रिपोर्टका अनुसार १०० मध्ये ९९ मानिस चीनलाई जिम्मेवार बनाइरहेका छन्। उनीहरुको दावी अनुसार एकातिर चीनमा संक्रमितको संख्या घटिरहेको छ भने अर्कातिर चीन बाहिर संक्रमण बढिरहेको छ।

वुहानका कारखानासमेत खुलेका छन्। पहिलेको अवस्थामा वुहान पुगिरहेको छ। हालै इजरायलको एक कम्पनीले तयार पारेको रिपोर्ट अनुसार कोरोना फैलिएपछि चीन र चिनियाँ मानिसहरुप्रति घृणा गरी ट्वीट गर्नेको दर ९ सय प्रतिशतले बढेको छ। यो रिपोर्ट अनुसार ट्वीटरमा चाइनिज भाइरस, कम्युनिष्ट भाइरस, कुंगफ्लु र अमेरिकी राष्ट्रपति एक्लैले उद्घोष गरेको चाइना भाइरस जस्ता ह्यासट्यागको प्रयोग भइरहेको छ।

विभिन्न मिडिया रिपोर्टस्, रिसर्च र विज्ञहरु कोरोना फैलाउन चीनको हात रहेको देखाउँछन्। कोरोनाको बारेमा जानकारी दिन ढिलाइ गर्नु, एक महिनासम्म पनि कोरोना मानिसबाट मानिसमा सर्न सक्छ भनेर नभन्नु, कोरोना फैलिएको सात हप्तापछि मात्र उद्गम स्थल वुहानलाई लकडाउन गर्नु र कोरोनापछि पनि चीनले कुनै गम्भीर कदम नचाल्नुले अहिले विश्वभर कोरोना फैलिएको दावी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ