arrow

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, ४ हजार बढि संक्रमित

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
corona-india1.jpg

एएनआई ।  भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मंगलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । 

त्यसैगरी मंगलबार बिहानसम्म यसका संक्रमितको संख्या ४ हजार ४२१ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । 

कोरोना भाइरस सङ्क्रमण रहेका चार हजार ४२१ जनामा ३२५ जना भने उपचार गरी घर फर्र्किएका छन् । हाल  ३ हजार ९८१ जना अस्पताल र केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका सो मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ ।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्र, तामिल नाडु र नयाँ दिल्लीमा यसका संक्रमितहरु बढेको देखिएको छ । महाराष्ट्रमा ७४८, तामिल नाडुमा ६२१ र नयाँ दिल्लीमा ५२३ मा सो रोगका संक्रमितहरु रहेका उक्त मन्त्रालयले जनाएको छ । 

भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर यता दिन प्रतिदिन नयाँ संक्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ