arrow

चैत्र २६ गते सबैले अनिवार्य सहयोग गर्न जोशीको आह्वान

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन सबैले अनिवार्य सहयोग गर्न आह्वान गरेका छन् ।

प्रजातन्त्र पुनर्स्थापना दिवसका अवसरमा उनले लोकतान्त्रिक व्यवस्था मान्ने तथा यसका अनुयायीहरुले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गरेर प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन आह्वान गरेका हुन् ।

आह्वान पत्र सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर वीर लौहपुरुष गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवानै राजनीतिकर्मीको धर्म हो त्यो धर्म सबैले पालना गर्नुपर्ने भन्दै गणेशमान सिंहको वचनलाई चिरायुत्व दिन गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जोशीले आह्वान् गरेका छन् ।

साथै कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै, सरकार र विश्व स्वास्थ्य संगठनका आचारसंहिता पालना गर्न समेत आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ