arrow

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टामा ५०८ बढे, यस्तो छ आँकडा 

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
corona-india.JPG

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ हजार ७८९ पुगेको छ । भारतीय समाचार एजेन्सी एएनआईले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उधृत गर्दै जनाए अनुसार विगत २४ घण्टामा ५०८ जना नयाँ संक्रमित थपिएका छन् । 

१३ जनाको ज्यान गएको छ । योसंगै मृतकको संख्या १२४ पुगेको छ । जम्मा ३५३ लाई निको भएर अस्पतालबाट घर गएका छन् । 

महाराष्ट्रमा १५२ नयाँ संक्रमित भेटिएका छन् । महाराष्ट्रमा मात्रै संक्रमितको संख्या १ हजार १८ पुगेको छ । 

गुजरातमा १९ नयाँ संक्रमित भेटिएका छन् भने दुई जनाको ज्यान गएको छ । 

मुम्बईमा मात्रै मृतकको संख्या ४० पुगेको छ भने नयाँ संक्रमितको संख्या १०० रहेको छ । 

हरियानामा मंगलबार ३३ नयाँ संक्रमित भेटिएका छन् । योसंगै हरियानामा संक्रमितको संख्या १२९ पुगेको छ । २ जनाको ज्यान गएको छ । 

जम्मु–कश्मीरमा मंगलबार १२५ जना संक्रमित हुँदा ३ जनाको ज्यान गएको छ । 

भारतमा नरेन्द्र मोदी सरकारले लगाएको तीन हप्ते लकडाउन १४ अप्रिलमा सकिँदैछ । अबको सात दिनमा संक्रमितको संख्या १५ हजार पुग्न सक्ने भन्दै भारतमा गम्भीर सचेतना अपनाइएको छ । 

भारतीय अन्य संचारमाध्यमहरुले मृतकको संख्या १६० पुर्याइसकेका छन् । वल्डोमिटर्सडटइन्फोले भने १३७ पुर्याएको छ । संक्रमितको संख्या ५ हजार १७२ पुगेको बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ