arrow

कोरोनाले अमेरिकामा झनै पीडा दियो, मृतक एकैदिन दुई हजार

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
corona-usa1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा निकै नै पीडा दिएको छ । गएको २४ घण्टामा अमेरिकामा २९ हजार ४१२ नयाँ संक्रमित थपिएका छन् भने एकै दिन १ हजार ९४२ जनाको मृत्यु भएको छ । 

एकै दिन मृत्यु भएको यो सबैभन्दा उच्च संख्या हो । विश्वका २०९ देश, शासित क्षेत्र र २ अन्तर्राष्ट्रिय वहाबमा लागेको कोरोनाबाट १४ लाख २६ हजार ६०९ जना संक्रमित हुँदा ८१ हजार ९९५ जनाको ज्यान गइसकेको छ । 

तीन लाखलाई उपचारपछि निको भएको छ । अमेरिकामा सबैभन्दा बढी संक्रमितको संख्या ३ लाख ९६ हजार ४१६ पुगेको छ । 

त्यसैगरी मृतकको संख्या १२ हजार ८१३ पुगेको छ । सबैभन्दा बढी न्यूयोर्कमा १ लाख ३८ हजार ८६३ संक्रमित भएका छन् । 

त्यस्तै मृतकको संख्या ५ हजार ४८९ पुगेको छ । २४ घण्टामा ७३१ जनाको ज्यान गएको छ । 

न्यूजर्सीमा १२३२, मिचिगनमा ८४५, क्यालिफोर्नियामा ४३४, लुसियानामा ५८२, मासाचुसेट्समा ३५६ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ