arrow

दुई दिनदेखि आइसीयूमा रहेका कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्थास्थ्य ‘स्थीर’

कम्तीमा एक महिना काममा फर्किन नसक्ने, विदेशमन्त्री डोमिनिक राब ‘स्टयाण्डबाई’

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
Boris_Johnson-UK.jpg

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन दुई दिनदेखि अस्पतालको अस्पतालको सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट, आइसीयू) मा रहेका छन् । 

स्वास्थ्यमा खरावी देखिएपछि उनलाई आइसीयूमा सारिएको हो । उनलाई २ दिनदेखि विशेष निगरानीमा रहेर उपचार गरिएको बीबीसीले लेखेको छ । 

उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा राखिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको जनाएको छ । 

मंगलबार राति जानकारी दिँदै उनका प्रवक्ताले स्वास्थ्य स्थीर तर सुधारोन्मुख रहेको बताएका छन् । 

५५ वर्षीय जोनसनलाई मार्च २७ तारिखमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनी अझै एक महिना काममा फर्कन नसक्ने समेत बताइएको छ । 

आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटरको नजिक हुन सकुन् भनेर आइसीयूमा राखिएको बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले बताएकी छिन्।

डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई ‘जहाँ आवश्यक पर्छ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन’ भनेको बताएका छन् ।

राबले जोनसन छिट्टै यो रोगबाट मुक्त भएर आउनेमा विश्वस्त रहेको बताएका छन् । उनले लिएको अक्सिजनको मात्रा गुणस्तरीय रहेकाले पनि छिट्टै निको हुने राबको दावी हो । 

राबले बुधबार अबेर पनि जोनसनका बारेमा जानकारी गराउने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ