arrow

फ्रान्समा अनियन्त्रित बन्दै कोरोना भाइरस, मृतक १० हजार नाघे

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
corona-france.jpg

काठमाडौं । विश्वका २०९ देश, शासित क्षेत्र र २ अन्तर्राष्ट्रिय वहाबमा लागेको कोरोनाबाट १४ लाख ३१ हजार ७०६ जना संक्रमित हुँदा ८२ हजार ८० जनाको ज्यान गइसकेको छ । 

तीन लाख २ हजार १५० जनालाई मात्र उपचारपछि निको भएको छ । संक्रमित राष्ट्रहरुमा फ्रान्स चौथो स्थानमा रहेको छ । 

पहिलो स्थानमा रहेको अमेरिकामा ४ लाख ४१२ संक्रमित छन् भने १२ हजार ८५४ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको स्पेनमा १ लाख ४१ हजार ९४२ जना संक्रमित हुँदा १४ हजार ४५ जनाको ज्यान गएको छ । 

इटालीमा १ लाख ३५ हजार ५८६ जना संक्रमित हुँदा सबै भन्दा बढी १७ हजार १२७ जनाको ज्यान गएको छ । 

चौथो स्थानको फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित छन् । १० हजार ३२८ जनाको ज्यान गइसकेको छ । 

फ्रान्समा १९ हजार ३३७ जनाको मात्र उपचारपछि निको भएको छ । ७ हजार १३१ जनाको स्वास्थ्य गम्भीर रहेको छ । 

फ्रान्समा अहिलेसम्म २ लाख २४ हजार २५४ जनाको मात्र परीक्षण भएको छ । परीक्षण संख्या बढाउने हो भने अझ बढी संक्रमित फेला पर्ने गरी डरलाग्दो प्रक्षेपण गरिएको छ । 

फ्रान्सको अर्को डरलाग्दो पक्ष भनेको केस बन्द भएकाको हो । त्यहाँ २९ हजार ६६५ जनाको केस बन्द भएको छ । 

जसमा १९ हजार ३३७ अर्थात् ६५ प्रतिशतलाई निको हुँदा १० हजार ३२८ अर्थात् ३५ प्रतिशतको ज्यान गएको छ । 

अहिले केस खुल्लै रहेका संक्रमितको कुरा गर्दा ९१ प्रतिशत सामान्य छन् भने ९ प्रतिशतको अवस्था गम्भीर छ । 

फ्रान्समा १ मार्चमा कोरोना भाइरसका संक्रमित देखिएका थिए । छोटो अवधिमै यो विकराल अवस्था फ्रान्समा आएको हो । 

विगत २४ घण्टामा अस्पतालमा ज्यान गुमाउनेको संख्या ६०७ रहेको छ । नर्सिङ होममा ८२० जनाको ज्यान गएको छ । उनीहरु धेरै दिनदेखि नै रहेको हुन सक्ने बताइएको छ । 

तर कुल मृतकमा अहिलेमात्र जोडिएको हो । फ्रान्समा १५ मार्चदेखि लकडाउन रहेको छ । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ