arrow

संकटकाल घोषणाको पहिलो दिनमै जापानमा संक्रमितको संख्यामा बृद्धि

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
japan-corona.jpg

 जापान । जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट संक्रमितहरुको संख्या झन धेरै देखिएको छ ।जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ संक्रमित भेटिएका छन् । 

योसँगै जापानमा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितको कुल संख्या चार हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । कोरोनाको सङ्क्रमण थप फैलिदै जाने देखेर जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार संकटकालको घोषणा गरेका थिए। 

संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो ।जापानमा अहिलेसम्म कुल संक्रमित मध्ये सवैभन्दा धेरै राजधानी टोकियोमै रहेका छन् । टोकियोमा एक हजार ३३९ जना संङ्क्रमित हुँदा दोस्रो धेरै संक्रमित भएको ओसाकामा ४८१ जना संक्रमित रहेका छन् । 

त्यसैगरी कानागावामा ३३२ जना, चिबामा ३०७ जना, ऐची क्षेत्रमा २६० जना संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।कुल विरामी मध्ये ८८ जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये एक हजार २४२ जना भने निको भएर घर फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ