arrow

कोरोनासंग जुधिरहेका महिला चिकित्सकसंग बिरामीको नाममा आपत्तिजनक माग

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
corona-pakisan-sex.jpg

काठमाडौं । पाकिस्तानी केही युवाले हदै गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) संग जुधिरहेका महिला चिकित्सकसंग पाकिस्तानी केही युवाले आपत्तिजनक डिमान्ड गरेका हुन् । 

अनलाइनमा बिरामी बनेको बहाना गर्दै उनीहरुले आपत्तिजनक डिमान्ड गरेका हुन् । कोरोनाबाट मुक्त गराउन चिकित्सकले सबैभन्दा अग्रपंक्तिमा रहेर बिरामीको सेवा गरिरहेका हुन्छन् । तर तिनै डाक्टरसंग बिरामी बनेर अनलाइनमा आपत्तिजनक तरिकाले सेक्स (सहवास) को डिमान्ड गरिएको हो । 

कोरोना भाइरस वा त्यस्तै खाले लक्षण भएका बिरामीका लागि मद्धत गर्न बनाइएको एप्समा अनलाइन सेवा दिइरहेका महिला डाक्टरलाई सहवासको प्रस्ताव गरेर मानसिक प्रताडित गर्न खोजिएको हो । 

कसैले सेक्सको अपिल त कसैले उमेर सोधिरहेका छन् । भद्दा कमेन्ट गरेर महिला चिकित्सकलाई हैरान पारिएका त्यस्ता कमेन्ट सार्वजनिक भएका छन् । 

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पाकिस्तानका कतिपय युवाले अश्लील तस्वीरका साथै पोर्न साइटसमेतको लिंक समेत राख्न थालेको पाइएको छ । 

बिरामी बनेर अपोइन्टमेन्ट लिने अनि भद्दा भइरहेका कुराहरु पीडित स्वास्थ्यकर्मीहरुले सेयर गरेका छन् । 

यस्ता कमेन्टहरुले डाक्टरहरुको निजी जिन्दगीमा असर गरेको पाइएको छ । यो मुस्किलको समयको सामना गरेपछि फिल्डमा खटिएका ती महिला डाक्टरले थप पीडा भोगेको पनि जनाइएको छ । 

धेरै पीडित भएपछि केही महिला चिकित्सकले काम नै छाडेको समेत पनि खवर आएको छ । 

सामाजिक संजालमा धेरै ट्रोल भएपछि वाध्य भएर काम नै छाड्नु परेको चिकित्सकहरुले बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ