arrow

कोरोनाबाट अमेरिकामा झन् बढी पीडा, ट्रम्पको आलोचना, यस्तो छ तथ्याङ्क

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
corona-trump.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिका सबैभन्दा पीडित राष्ट्र बनेको छ । विश्वमै १५ लाख १३ हजार २४३ जना संक्रमित हुँदा अमेरिकामा मात्र ४ लाख २० हजार २१० जना संक्रमित भएका छन् ।

नयाँ बिरामी २९ हजार ८७५ जना थपिएका छन् । मृतकको संख्या १४ हजार ७३६ पुगेको छ । नयाँ मृतक १ हजार ८९५ जना छन् । 

सबैभन्द बढी प्रभावित न्यूयोर्क सहरका हुन् । १ लाख ५१ हजार १७१ जना संक्रमित हुँदा ६ हजार २६८ जनाको ज्यान गएको छ । 

न्यूजर्सीमा ४७ हजार ४३७ जना संक्रमित हुँदा १ हजार ५०४ जनाको ज्यान गएको छ । 

यो अप्रिल भर अमेरिकाका लागि निकै पीडादायी हुने यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताइसकेका छन् ।   

अन्य देशका जनताका लागि सपनाको देश मानिएको अमेरिकामा कोरोना संक्रमणलाई रोक्न गरिएका प्रयास असफल भइरहेका छन् । 

पहिलेदेखि नै लकडाउन गरेर रोकथामको उपाय नपनाएको भन्दै ट्रम्पको आलोचनासमेत भइरहेको छ । 

४ लाख ३० हजार २१० जना संक्रमित हुँदा जम्मा २२ हजार ३५६ जना मात्र निको भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ