arrow

जुन देशका प्रधानमन्त्री कोरोना संक्रमणबाट आइसीयूमा छन् तीन नेपालीको लियो ज्यान

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
Boris_Johnson-UK.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त पारिरहँदा विकसित राष्ट्रहरुले गरेको रोकथामको उपाय उदेक लाग्दो छ । जापान, दक्षिण कोरिया लगायतका केही राष्ट्रलाई छाड्ने हो भने युरोपेली मुलुकको अवस्था दयनीय छ । 

समृद्धशाली राष्ट्र बेलायतमै अवस्था नाजुक छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन चार दिनदेखि अस्पतालमा छन् । उनी तीन दिनदेखि आइसीयूमा रहेका छन् । 

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका अनुसार उनको स्वास्थ्य स्थीर रहेको छ । 

जुन देशका प्रधानमन्त्री नै यसरी अस्पतालमा छन् त्यो देशले गरेको कोरोना भाइरस रोकथामको प्रयास कस्तो होला । 

जोन्सनलाई मार्च २७ तारिखमा कोरोना भएको पुष्टि भएको थियो । तर उनले त्यसलाई गम्भीर तरिकाले नलिई घरमै बसिरहे । 

घरमै रहेर काम पनि गरे । त्यही गम्भीर तरिकाले पहिले नै अस्पताल भर्ना नभइ रहेका कारण अहिले अस्पतालको आइसीयूमा छन् । ताकि अझ गम्भीर हुनासाथ भेन्टिलेटरमा राख्न सकियोस् । 

यस्तो छ बेलायतमा संक्रमित र मृतकको तथ्याङ्क
बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ६० हजार ७३३ रहेको छ । जसमा नयाँ संक्रमित ५ हजार ४९१ जना छन् । 

मृतकको संख्या ७ हजार ९७ रहेको छ । नयाँ मृतक एकै दिन ९३८ हुन् । यो तथ्याङ्कले मृत्युको दर बढिरहेको देखाउँछ । 

अझ डरलाग्दो तथ्याङ्क त के भने निको भएकाको संख्या जम्मा १३५ छ । अर्थात् मृत्यु रेट कयौं बढी छ । 

अझै पनि १ हजार ५५९ जना गम्भीर बिरामी छन् । 

तीन नेपालीलाई पनि मार्यो बेलायतले
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन नेपालीको मृत्यु भएको छ । बेलायतमा तेस्रो तथा समग्रमा नवौं नेपाली पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको ज्यान गएको हो । उनले दुई हप्ताअघिमात्रै बच्ने तरिकादेखि सामाजिक दुरी कायम गर्नेसम्मको सन्देश सामाजिक सञ्जालमा शेयर गर्ने गरिरहेका थिए । 

यसअघि पूर्व गोर्खा सैनिक लीलाबहादुर राई र पेशाकर्मी प्रशान्त अर्यालको मृत्यु भएको थियो । 

दुई पूर्व गोर्खा सैनिक जसले बेलायतलाई बचाउनका लागि आफ्नो ज्यानको बाजी लगाएर सुरक्षा दिन्थे उनीहरु कोरोनाबाट बेलायतमै पराजित हुन पुगेका छन् । 

तर बेलायत सरकारले अपनाएको शैली भने प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाई हेर्दा अझ बढी स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ