arrow

भारतमा लकडाउन थप्ने मोदीको तयारी, संक्रमित र मृतकको यस्तो तथ्याङ्क

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
narendra-modi2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन थप्ने तयारी तीव्र भएको छ । सुरुमा एकै पटक २१ दिन लकडाउन गरेपछि आलोचित बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आलोचित भएका थिए । 

उनले सहजै माफी पनि मागेका थिए । तर यसपटक उनले सर्वदलीय बैठक नै डाके । उक्त बैठकमा कोरोनाको महामारी रोक्नका लागि लकडाउनलाई अझ थप्नुपर्ने संकेत मोदीले दिएका छन् । 

२१ दिने लकडाउन १४ अप्रिलमा सकिँदैछ । कोरोना संक्रमण रोक्नका लागि केन्द्र सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको छ । 

मोदीले हालको अवस्थालाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्दै सामाजिक दूरी बढाउनका लागि आग्रह गरिरहेका छन् । 

भारतीय संचारमाध्यमहरुका अनुसार बैठकको एक लिक भएको अडियो क्लिप अनुसार मोदीले कोरोनाको महामारीका कारण देशमा राष्ट्रिय आपतकाल जस्तो हालत रहेको बताएका छन् । 

कयौं राज्यहरुले समेत लकडाउन बढाउने संकेत यसअघि नै गरिसकेका छन् । 

भारतमा लकडाउन भइरहँदा त्यो प्रभाव नेपालमा पनि पर्छ । खुला सीमाना भएका कारण यदि लकडाउन खुल्ने हो भने सीमानामा थेग्न नसकिने गरी आवतजावत हुन सक्नेछ । 

अहिले पनि सीमामा त्यो खतरा कायमै छ । 

कति छन् भारतमा संक्रमित र मृतक ? आँकडा फरक फरक 
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या र मृतकको संख्या फरक फरक आएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४ हजार ७१४ देखाइएको छ । मृतकको संख्या १४९ देखाइएको छ । जसमा ४१० जनालाई निको भएको जनाइएको छ । 

टाइम्स अफ इन्डियाका अनुसार संक्रमितको संख्या ५ हजार २७४ रहेको छ । नवभारत टाइम्सले पनि संक्रमित ५ हजार २७४ र मृतक १४९ देखाएको छ । 

भास्कर दैनिक भने ५ हजार ९१६ संक्रमित भएको लेख्छ भने मृतकको संख्या १९३ पुर्याएको छ । 

वल्डोमिटर्सडटइन्फो पनि संक्रमितको संख्या ५ हजार ९१६ रहेको बताउँछ । त्यस्तै १७८ जनाको ज्यान गएको बताउँछ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ ६४ जनाको ज्यान जाँदा १ हजार भन्दा बढी संक्रमित छन् । 

गुजरात र मध्यप्रदेशमा १३–१३ जनाको ज्यान गएको छ । दिल्लीमा ९ जनाको ज्यान गएको छ । तमिलनाडु, तेलंगाना र पंजावमा समान ७–७ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ