arrow

कोराना पीडाः डाक्टरलाई छिमेकीले गेटआउट भनेपछि

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
corona-india-doctor-exploid.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसको आतंक छ । संक्रमितको नजिक भएर उपचारमा लाग्नुपर्ने चिकित्सक सबैभन्दा जोखिमको घेरामा छन् । 

उनीहरु पहिलो लाइनमा रहेर काम गर्नुपर्ने हुन्छ । तर तिनै डाक्टरलाई उत्साह दिएर कर्ममा लाग्न प्रेरित गर्नुको सट्टा अपहेलना गर्ने गरिएको पाइएको छ । 

यो घटना भने भारतको सूरतको हो । फ्रन्ट लाइन वारियरलाई सम्मान दिनुको सट्टा एक चिकित्सककी छिमेकीले अपमान गरेकी छिन् । 

सम्मानसाथ ताली बजाउनुको सट्टा उनलाई घर छाडेर जान भनिएको छ । सूरतको सिभिल अस्पतालमा काम गर्ने डा संजीवनीलाई छिमेकी चेतन मेहता र उनकी पत्नी भावनाले घर छाडेर जान धम्क्याएका छन् । 

डाक्टर संजीवनीले यसको भिडियो बनाएर पुलिस कमिशनरलाई पठाएकी छिन् । डा. संजीवनीले आफूले आफ्नो काम गर्ने र कर्तव्य पालना गर्नमा पछाडि नहट्ने बताएकी छिन् । 

संजीवनीले भनेकी छिन्, ‘केही दिन पहिले मलाई अस्पतालमा काम गर्छौ तिमीलाई पनि भाइरसको संक्रमण त भएको छैन ? भनेर सोधियो मैले यसको जवाफ दिइन । यो कुराले गर्दा उनीहरु भड्किए । जब आइतबार म घर पुगे तब छिमेकी चेतन र उनकी पत्नी बाहिरै उभिएका थिए । मेरे घरमा कुकुर छ । उसलाई देखेर भावना आक्रोशित भइन् । चिच्याएर वरिपरिका मानिसलाई भेला गरिन् । कुकुरले टोकेको र आक्रमण गरेको बताइन् । तब चेतनले मलाई गाली गरे र धक्का मारे । धमकी दिँदै चेतनले मलाई भने –यहाँ सब यसरी चल्दैन, तलाईँ यहाँ बस्नु छ कि छैन ।’

संजीवनीमाथि भएको दुव्र्यवहारप्रति प्रहरीले अब यस्तो व्यवहार नहुने आश्वासन दिएको छ । संजीवनीले भनेकी छिन्, ‘कोरोनाविरुद्ध लडिरहेकी छु के मेरो गल्ती हो ?’

भिडियोमा चेतनले डा संजीवनीलाई ‘गेट आउट’ भन्दै आक्रोश पोखे, ‘डाक्टर होस् त के भयो तैले मलाई चिनेकी छैनेस् ।’

हाल पुलिसले यो घटनाबारे छानबिन गरिरहेको छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ