arrow

चीनले मद्धत दिएका सामान एक पछि अर्को देशमा विवादमा, क्यानाडा पठाइएका ६० हजार मास्क खराब

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
corona-mask.JPG

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थल चीनमा संक्रमण नियन्त्रणमा आएको छ । तर अन्य मुलुकमा भने आतंक मच्याइरहेको छ । 

त्यही आतंकले गर्दा चीनले अन्य मुलुकलाई सघाउने अवसर पाइरहेको छ । तर सघाउने नाममा चीन थप बदनाम हुँदै गएको छ । 

चीनले पठाएका सामग्रीहरु नक्कली पाइन थालेका छन् । त्यस्तै भएको छ क्यानाडालाई पनि । 

मद्धतका नाममा चीनले पठाएका मेडिकल सामग्रीहरु नक्कली पाइएको हो । चीनले क्यानाडालाई पठाएका ६० हजार भन्दा बढी मास्क नक्कली पाइएका हुन् । 

चीनले पठाएका तिनै नक्कली मास्क लगाएर कतै क्यानाडाका स्वास्थ्यकर्मीहरु कोरोना भाइरसको सम्पर्कमा त आएका छैनन् भनेर क्यानडाको सरकार सचेत भएको छ।

समाचारमा बताए अनुसार ती मास्कहरु एकप्ता पहिले नै टोरन्टोका अस्पतालहरुमा पठाइएको थियो । तीमध्ये अधिकांश मास्क खराब निस्किएका हुन् । 

क्यानाडालाई यसबाट ठूलो मुस्किल खडा भएको छ । अस्पतालमा बाँडिएका ती मास्कहरु फाटेका पाइएका थिए । अनि तत्काल ती मास्कहरु फिर्ता मागिएको थियो । 

चीनले यसअघि स्पेन, नेदरल्यान्ड, चेक गणतन्त्र, टर्की र पाकिस्तानमा पठाएका मास्क खराब निस्केका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ