arrow

कोरोनाका सय दिनः ९२ हजार भन्दा बढीको ज्यान गयो, १५ लाख ६९ हजार संक्रमित

सय दिनमा ४५ हजार भन्दा बढी प्रतिशत संक्रमित, के होला अबको सय दिनमा ?

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बिहीबार १०० दिन पुगेको छ । गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा यो भाइरसको संक्रमण देखिएको थियो । 

डिसेम्बर ३१ मा चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाबारे जानकारी दिएको थियो । जनवरी ९ मा चीनमा पहिलो ब्यक्तिको मृत्यु भएको थियो । 

३१ डिसेम्बरमा कोरोनाका ३४ संक्रमित थिए । १०० दिनमा १५ लाख ६९ हजार भन्दा बढी पुगेका छन् । 

जनवरी ९ मा एक जनाको ज्यान गएको थियो । त्यसको तीन महिनामा ९२ हजार १०९ जनाको ज्यान गइसकेको छ । 

पहिलो मृत्युको तीन महिनामा यतिधेरै संख्यामा कसैको ज्यान जाला भन्ने कसैले पनि सोचेको थिएन होला । 

अहिले चीनमा कोरोनाको संक्रमण नियन्त्रणमा आएको दावी गरिएको छ । जबकि चीन बाहेक विश्वका २०८ राष्ट्रमा कोरोना फैलिएको छ । 

यो नियन्त्रण हुने बाटोमा देखिएको छैन । नेपालमा मात्र ९ संक्रमित छन् । तर कतिपयको परीक्षण नै नभएकाले ठ्याक्कै नौ मात्रै छन् भनी भन्न सकिन्न । 

सय दिनमा ४५ हजार भन्दा बढी प्रतिशत संक्रमित भएका छन् । अबको थप सय दिनमा के होला भनी थप त्रास फैलिएको छ । 

यसको रोकथाममा लागि गम्भीर एकता भएन भने यसले विश्वलाई नै तहसनहस पार्न सक्ने सम्भावना यद्यपि छ । 

जोन हप्किन्स वेबसाइटको तथ्यांकले यो आँकलन गरेको छ । यो रोगको सटिक उपचार नखोज्नुले पनि खतराको संकेत गरिरहेको छ । 

विश्वमा यतिबेला ४० भन्दा बढी भ्याक्सिनमाथि काम भइरहेको भए पनि अझै सफलता हात लागेको छैन । 

भ्याक्सिन बन्न १२ देखि १८ महिना लाग्ने भनी वैज्ञानिकहरु बताइरहेका छन् । अबको सय दिन कस्तो होला ? परिकल्पना गर्न मुस्किल छ । 

सचेतना नै उत्तम विकल्प हो । सामाजिक दूरी उत्तम विकल्प हो । मानिसबाट मानिसमा सर्ने यो रोगबाट बच्नका लागि लकडाउन नै अहिलेका लागि एक विकल्प बचिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ