arrow

जर्मनीमा कोरोनाको छायाँ, नियन्त्रण दर बढी

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
corona-usa-doc.jpg

काठमाडौं । कोरोना भाइरसले २०९ राष्ट्रमा आफ्नो फैलावट जमाइरहेका अवस्थामा जर्मनी चौथो प्रभावित राष्ट्र हो । 

जर्मनीमा अहिलेसम्म १ लाख १८ हजार २३५ जना संक्रमित रहेका छन् । जसमा २ हजार ६०७ जनाको ज्यान गइसकेको छ । संक्रमणको तुलनामा कम मानिसको मात्र ज्यान गएको हो । 

जर्मनीमा सबैभन्दा राम्रो पक्ष भनेको ५२ हजार ४०७ जनालाई निको भइसकेको छ । गम्भीर ४ हजार ८९५ जना छन् । 

१३ लाख १७ हजार ८८७ जनाको परीक्षण भइसकेको छ । केस बन्द भइसकेका घटनामा ५ प्रतिशतको ज्यान गएको हो । यो रेट अन्य बढी संत्रमित देशको तुलनामा कम हो । 

जर्मनीमा एक जना भन्दा बढी संगसंगै हिँड्न मनाही गरिएको छ । सामाजिक दूरी बढाएकै कारणले पनि जर्मनीमा कोरोना तुलनात्मक रुपले फैलिन पाएको छैन । 

फैलिए पनि त्यो नियन्त्रणमा आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ