पाकिस्तानमा कोरोनाले डराएर अफगानिस्तान छिरेकाहरुको देखियो यस्तो दृष्य
प्रकाशित २०७६ चैत २८ शुक्रबार
696
Shares
काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रास यस्तो गरी फैलिएको छ कि कोही पनि सुरक्षित नभएजस्तो गरी प्रचार भइरहेको छ। सामाजिक दूरी कायम राख्ने हो भने यो रोग नै नलाग्ने निश्चित छ। त्यसैले अधिकांश देशले लकडाउन गरिरहेका छन्। यति हुँदा पनि जो विदेशमा छन् उनीहरु आफ्नै देशमा फर्किन चाहन्छन्। ज्यानै गए पनि आफ्नै देशमा जाओस् भन्ने उनीहरुको कामना हुन्छ। त्यसरी नै पाकिस्तानमा रहेका अफगानिस्तानीहरु आफ्नो देश फर्किएका छन्।
पाकिस्तानमा संक्रमितको संख्या ४ हजार ६०१ रहेको छ। नयाँ संक्रमित ११२ जना थपिएका छन्। ६६ जनाको ज्यान गइसकेको छ। यो अवस्थामा पाकिस्तानभन्दा सुरक्षित अफगानिस्तान नै रहेको छ।
यस्तो अवस्थामा आफ्नै देशमा सुरक्षित ठानी झण्डै १० हजारको संख्यामा अफगानीहरु पाकिस्तानबाट स्वदेश फर्केका हुन्। अफगानिस्तानको नान्दाहार प्रान्तमा रहेको तोर्खाम बोर्डरबाट अफगानीहरु फर्केका हुन्।
अफगानिस्तान जान चाहनेहरुलाई पाकिस्तानले दुई वटा चेक प्वाइन्टबाट छिर्नका लागि चार दिनको समय दिएको थियो। अन्तिम दिन गत बुधबार भने बोर्डरमा भागदौड मच्चिएको छ। अन्तिम दिन भागदौड मच्चिदा ३ जनाको ज्यान गएको छ। भागदौडमा परी सयौं घाइते भएका छन्