arrow

कोरोना महामारी पछि जापानले चीनबाट आफ्ना व्यवसायहरु अन्त सार्ने

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
china-japan-flag.jpg

एजेन्सी। कोरोना भाइरसको संक्रमणको दौरान जापानले चीनबाट आफ्ना उद्योगहरु सार्न आर्थिक  सहयोगको घोषणा गरेको छ। करिब दुई खर्ब रुपियाँ बराबरको उक्त सहयोगले चीनमा रहेका जापानी उद्योगहरु जापान फिर्ता हुने बताइएको छ।

कोरोना भाइरसका कारण जापानी उद्योगमा परेको असरलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जापान सरकारले जनाएको छ। चीनमा उत्पादन हुने कच्चा पदार्थ उपलब्ध नहुँदा जापानमा धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्।

त्यसैगरि चीनबाट अन्यत्र जान चाहने उद्योग-व्यवसायका लागि पनि जापान सरकारले आर्थिक प्याकेजको घोषणा गरेको छ। चीनमा आएको कोरोना संक्रमणले उद्योगहरु त्यहाँमात्र एकत्रित हुँदा धेरै असर परेको भन्दै उद्योगहरुलाई बिभिन्न देशहरुमा राख्ने सोचमा जापान सरकार पुगेको छ।

चीन जापानको सबैभन्दा ठूलो कच्चा पदार्थ उपलब्ध गर्ने सहयोगी रहेकोमा कोरोना भाईरसको संक्रमण पछि जापानले उद्योगहरुमा ठूलो क्षती ब्योहोर्नु परे पछि जापानले फरक-फरक देशमा आफ्ना उद्योगहरु सार्ने निर्णय गरेको हो।

जापानले चीनलाई कोरोना संक्रमणको सुरुवाती समयमा ध्यान नपुर्‍याऊँदा विश्व महामारीमा परिणत भएको आरोप लगाएको छ। त्यसैगरि जापानका प्रधानमन्त्रीलाई पनि समयमै चिनियाँ नागरिकहरुलाई प्रवेशमा कडाई नगरेको आरोप लागिरहेको छ।

जापानले चीनबाट आफ्ना उद्योगहरु सार्ने र कच्चा पदार्थ किन्न बन्द गर्ने हो भने यो चीनलाई ठूलो झड्का हुने बताइएको छ। चीनले जापानलाई बार्षिक १ सय ४८ खर्ब रुपिया बराबरको सामान निर्यात गर्ने गरेको थियो।

कोरोना कहरकै बीच जापानका उपप्रधानमन्त्री तारो असोले विश्व स्वास्थ्य संगठनको नाम चीन स्वास्थ्य संगठन राख्न पर्ने भन्दै जापानी संसदमा आक्रोश पोखेका छन्। विश्व स्वास्थ्य संगठनले चीनको ईशारामा काम गरेको उनको आरोप छ।

ऐतिहासिक रुपमा पनि चीन र जापानको राम्रो सम्बन्ध रहेको छैन। दुई देशका नागरिकहरुले पनि एक अर्कालाई खासै मन पराउँदैनन्। चीनको एक रेस्टुरेन्टमा लेखिएको छ ‘ बधाई छ अमेरिका कोरोना माहामारीका लागि, जापानमा यो महामारी सधैलाई रहिरहोस्’। यसबाट अनुमान लगाउन सकिन्छ चीन र जापानको नागरिक स्तरमा समेत तिक्तता रहेको छ।

यही महिना चीनका राष्टपति सि चिनफिङ्गको जापानको औपचारिक भ्रमणको कार्यक्रम कोरोना संक्रमणका कारण स्थगित भएको छ। चीन र अमेरिकाको आर्थिक लडाईका कारण पनि जापान अफठ्यारोमा रहेको हुनसक्छ। जापान र अमेरिकाको राम्रो सम्बन्ध रहेको कारणले पनि जापानले चीनसँगको आफ्नो आर्थिक सम्बन्धलाई कम गर्दै जाने भएको छ।

चीनबाट बाहिरिने उद्योगहरु कता जान्छन भन्ने जिज्ञासामा उक्त मौका भारत, बंगलादेश जस्ता देशले पाउने बताइएको छ। सस्तो मजदुर र अरु सुविधाका कारण पनि भारत पहिलो प्राथमिकतामा पर्ने छ। जापानी कम्पनीहरुले भारतमा लामो समयदेखि काम गरिरहेका छन्।

भारत र जापानको पुरानो सम्बन्ध पनि रहेको छ। भारतमा हाल जापानका १४ सय ४१ कम्पनीहरु दर्ता भएर काम गरिरहेका छन्। भारतको कर्नाटक, गुजरात, पश्चिम बंगाल र तामिलनाडुमा जापानी कम्पनीहरु कार्यरत रहेका छन्।

जापानको यस्तो निर्णयले चीनलाई झट्का भने लागेको छ। चीनले जापानलाई मनाउन भरमग्दुर प्रयास गर्ने निश्चित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ