arrow

साउदीको शाही परिवारमा पनि कोरोना भाइरस संक्रमित

logo
अरशद शेष राई,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
saudi-king-prince-salman.jpg

साउदी अरेबिया। करिब छ हप्ता पहिले साउदी अरेबियामा देखिएको कोरोना भाइरसको संक्रमण साउदी अरेबियाको शाही परिवारमा पनि पुगेको छ। साउदी अरेबियाको शाही परिवारका एक जना निकटका व्यक्तिलाई उदृत गर्दै प्राप्त समाचारमा शाही परिवारमा लगभग १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज साउदी अरेबियाको शहर जेद्दाको एक सुरक्षित स्थान दीप महलमा सरेका छन्। साउदी अरेबियाका क्राउन प्रिंस मोहम्मद बिन सलमान पनि आफ्नो केही मन्त्रीहरुको साथमा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सुरक्षित स्थानमा सरेका छन्।

चीनको बुहान शहरबाट सुरु भई बिश्वव्यापी बनेको कोरोना भाइरसको महामारीलाई रोक्न साउदी सरकारले हरसम्भव प्रयास गर्दै आए पनी यो महामारीलाई आफ्नो देशमा आउनबाट बचाउन सकेन। अहिले साउदी अरेबियाको शाही परिवार पनि कोरोना भाइरसको संक्रमित हुनबाट जोगिन सकेन।

साउदी सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न तथा आफ्नो देशमा थप फैलिन नदिनका लागि बिगत महिनादेखि नै भिड्भाड हुने ठाउँलाई बन्द गराएको थियो भने हवाई उडान माथी पनि प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरसका कारण धार्मिक तिर्थस्थल मक्का मदिनामा उमराह गर्न आउने यात्रीहरुमाथी पनि धेरै अगाडि नै रोक लगाइएको छ। २ तिर्थ स्थल मस्जिदे हराम र मस्जिदे नब्बीलाई पुरै सिल गरिएको छ।

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले कोरोनाको कारण देशमा दिउँसो ३ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यूको घोषणा गरेका छन् भने मक्का मदिनामा २४ घन्टा कर्फ्यू लगाइएको छ।

हालसम्म कोरोना भाइरसको संक्रमितबाट साउदी अरेबियामा मर्नेको संख्या ४७ पुगेको छ भने संक्रमित हुनेको संख्या  ३ हजार ६ सय ५१ पुगेको छ। ६ सय ८५ जना उपचारपछि निको भएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ