arrow

कोरोनाले एक लाख बढीलाई मार्‍यो, १६ लाख ५३ हजार संक्रमित, ५० हजार चिन्ताजनक

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरसले विश्वलाई हल्लाएको छ । कोरोना संक्रमण देखिएको १०१ दिनसम्म आइपुग्दा एक लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

त्यसैगरी १६ लाख ५३ हजार मानिस संक्रमित भएका छन् । जसमा केबल ३ लाख ७० हजारमात्र निको भएका छन् । 

५० हजार भन्दा बढी मानिसको चिन्ताजनक अवस्था रहेको छ । केस बन्द भएका स्थितिलाई हेर्ने हो भने २१ प्रतिशतको ज्यान जाँदा ७९ प्रतिशतलाई निको भएको छ । 

सबैभन्दा बढी संक्रमित अमेरिका भएको छ । अमेरिकामा ४ लाख ७८ हजार ३६६ जना संक्रमित भएका छन् । शुक्रबार मात्रै ९ हजार ८०० थपिएका छन् । 

त्यसैगरी ज्यान गुमाउनेमा पनि अमेरिका अगाडि बढ्ने देखिएको छ । शुक्रबार १ हजार २३६ जना नयाँ मृतक थपिएर ज्यान गुमाउनेको संख्या १७ हजार ९२७ पुगेको छ । 

अहिलेसम्म इटालीमा १८ हजार ८४९ जनाको ज्यान गएको छ । इटालीमा १ लाख ४७ हजार ५७७ जना संक्रमित छन् । 

दोस्रो स्थानमा भने स्पेन रहेको छ । स्पेनमा १ लाख ५७ हजार ५३ जना संक्रमित रहेका छन् । १५ हजार ९७० स्पेनीको ज्यान गएको छ । 

२१० देश तथा शासित क्षेत्रहरुमा कोरोना फैलिएको छ । चीनको वुहानबाट डिसेम्बरको अन्त्यबाट फैलिएको कोराना चीनमा भने नियन्त्रण भइसकेको दावी गरिएको छ । 

चीनमा शुक्रबार ४२ नयाँ संक्रमितसहित संक्रमितको संख्या ८१ हजार ९०७ भएको छ । मृतक एक जना थपिएर ३ हजार ३३६ पुगेको छ । 

अहिले १ हजार ११६ जनामा मात्र संक्रमण छ । ७७ हजार ४५५ जनालाई भने निको भइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ