arrow

नेपाल र भारतबीच मिलेरै कोरोनाविरुद्ध लड्ने सहमति, भारतले औषधी पठाइरहने

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
modi-oli-petrolium.jpg

काठमाडौं। भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणसंग लड्न औषधी पठाइरहने भएको छ। दुई देशका प्रधानमन्त्रीहरु केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको टेलिफोन वार्तापछि भारतले कोरोना विरुद्ध लड्न नेपाललाई दिँदै आएको औषधीय आपूर्तिलाई निरन्तरता दिने बताएको हो।

भारतका प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद गरेको कुरालाई प्रधानमन्त्री ओलीले ट्वीटरमा जानकारी दिएका थिए। 'कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।'संवादका विषयका बारेमा जानकारी दिदै ओलीले भने, 'आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।'

भारतीय प्रधानमन्त्री मोदीले भारतले सहज सीमापारको व्यापार पनि सुनिश्चित गर्ने बिषयमा प्रधानमन्त्री ओलीलाई आश्वस्त बनाएका छन्। ओली र मोदीबीच कोरोना भाइरस विरुद्धको लडाईंको वर्तमान अवस्था तथा अहिले चालिएका प्रयासलाई अझै तीव्र पार्ने विषयमा पनि सहमति भएको छ। दुवै मुलुकमा भइरहेको हालको लकडाउनका सन्दर्भमा पनि कुराकानी भएको छ। ओली र मोदीबीच हाल एक अर्काको देशमा बसिरहेका दुई देशका नागरिकको हित र चिकित्सा हेरचाहको लागि पनि सहमति भएको छ। टेलिफो वार्तामा प्रधानमन्त्री ओलीले आवश्यक औषधी र चिकित्सा सहयोगका लागि समकक्षी मोदीलाई धन्यवाद व्यक्त गरेका थिए। दुवैले सीमानाा अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति भएको भन्दै सन्तुष्टिसमेत व्यक्त गरेका थिए । उनीहरुले अहिलेजस्तै आगामी दिनमा पनि निरन्तरताका लागि जोड दिएका छन्। 

यसअघि भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुबीचको भिडियो सम्मेलनमा सबै देशहरुको कोरोना भाइरसविरुद्ध लड्ने प्रयासलाई तीव्र बनाउन समयमै पहल भएकोमा ओली र मोदीले सन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाएका भारतीय व्यक्तिका शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरे भने मोदीले कोरोना विरुद्ध लड्न नेपालीहरुले देखाएको प्रतिवद्धताको सराहना गरे।

ओली र मोदीबीचको सम्वादका क्रममा दुई देशबीचको मैत्री सम्बन्धका विषयमा समेत छलफल भएको छ। आपसी फाइदाका लागि अझ सुदृढ र मजबुद भएर अगाडि बढ्ने बारेसमेत प्रधानमन्त्रीद्धयबीच छलफल भएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ