arrow

साउदीले दियो महिलालाई नयाँ अधिकार: अब जरुरी छैन बुर्का लगाउन

logo
अरशद शेष राई,
प्रकाशित २०७६ चैत २९ शनिबार
burka1.jpg

साउदी अरेबिया। साउदी अरेबियामा मोहम्मद बिन सलमान क्राउन प्रिन्स भएपछि साउदी अरेबियाको नियमहरुमा दिनप्रति दिन फेरबदल हुँदै आएको छ । साउदी अरेबिया बर्षौदेखि आफ्नो कडा कानुन र नियमको कारणले नै विश्वभरी चिनिदै आएको थियो । तर आज भोलि आफ्नो कानुन र नियमको साथै महिलाहरुको हक अधिकारमा खुकुलो बनाउँदै गएको छ ।

साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले महिलाहरुको लागि एक नयाँ अधिकार लागू गरेका छन् । महिलाहरुले बर्षौदेखि लगाउँदै आएको हिजाब अर्थात बुर्कालाई अब साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले फेरबदल गरेका छन् ।

महिलाको लागि नयाँ अधिकार लागू गर्दै क्राउन प्रिन्सले भनेका छन्, 'अब महिलाहरुलाई हिजाब अर्थात बुर्का नै लगाउनु नै पर्ने अनिवार्य छैन। अब महिलाहरुले आफूलाई कुन पहिरन लगाउने आफै तय गर्न सक्छन। तर ती पहिरन महिलाहरुको लागि राम्रो तथा सम्मानजनक होस।" 

हुन त साउदी अरेबियामा फिटिङ्ग भन्दा पनि पुरै लामो पहिरन अर्थात साउदी पोशाक सम्मानजनक रहेको छ । तर अब महिलाहरुलाई त्यसमै सिमित हुन जरुरी छैन । 

क्राउन प्रिन्स सत्तामा आएपछि देशमा महिलाहरुको अधिकारको हकहितमा बदलाब आएको देख्न सकिन्छ । चाँहे त्यो ड्राइभिग गर्ने मामला होस या कपडा आफ्नो इच्छाले लगाउने मामलामा होस । महिलाहरुलाई मिश्रित सार्वजनिक खेलकुदमा भाग लिने होस या संघसंस्था (कम्पनी)मा काम गर्ने होस यो सबै साउदी क्राउन प्रिन्स सत्तामा आएपछि भएको हो । यो भन्दा पहिले साउदी अरेबियामा महिलाहरुलाई ड्राइभिङ गर्ने, खेलकुदमा भाग लिन अथवा कुनै पनि संघ-संस्था, कम्पनीमा काम गर्न साउदी सरकारले अनुमति थिएन् ।

बिश्वमा साउदी अरेबिया कट्टर मुस्लिम देश भएपनि आधुनिकिकरणको दिशामा एउटा नयाँ बदलावको स्थितिमा रहेको देखिएको छ । साउदी अरेबियाको प्रहरी तथा न्यायपालिकाले बर्षौदेखि एउटै कडा ड्रेसको रुपमा लागू गरेको थियो ।

बर्षौदेखि साउदी महिलाहरुलाई हिजाब तथा कयौ स्तिथिमा आफ्नो कपाल र आफ्नो अनुहार ढाक्नु जरुरी रहेको थियो । साउदी महिलाहरुले हालको बर्षमा बढी रंगीन हिजाब अर्थात बुर्का लगाउन शुरु गरेका छन् जबकि पारम्परिक हिजाब अर्थात बुर्का कालो रंगको हुने गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ