arrow

कोरोनाको लडाइमा विश्व नेताहरुद्वारा भारतीय सहयोगको तारिफ

logo
प्रकाशित २०७६ चैत २९ शनिबार
modi-trump-tx.jpg

एजेन्सी। अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)ले मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ। एनआईएचले यस्तो घोषणा गरेसँगै अमेरिकाले भारतसँग उक्त औषधीको माग गरेको छ।

अमेरिकाको मागलाई भारतले पनि पुरा गर्ने भएको छ। बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए।

भारतले शुरुमा उक्त औषधिको निर्यातमा रोक लगाए पनि पछि बिभिन्न देशहरुको अनुरोध आएपछि आफ्मानै निर्णयमा पुनर्विचार गर्दै अत्यावश्यक पर्ने देशहरुमा निर्यात गर्ने बाटो खोलेको थियो। उक्त निर्णयपछि विश्वभरीबाट भारतको प्रशंसा भएको छ।

ब्रजिलका राष्ट्रपतिले पनि भारतको खुलेर प्रशंसा गरेका छन्। उनले रामायणको प्रसंग उठाउँदै भनेका छन जसरी लक्ष्मणको जीवन बचाउन हनुमानले संजिवनीका लगि पहाड ल्याएका थिए त्यसैगरि भारतले सहयोग गरेको छ। संयोगले ब्रजिलका राष्ट्रपतिले मोदीको प्रशंसा गरेको दिन हनुमान जयन्ती थियो। भारतले ब्राजिलका लागि पहिलो खेप हाइड्रोक्सिक्लोरोक्विन पठाईसकेको छ।

ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतानेहुले पनि भारतलाई उक्त औषधि पठाएकोमा धन्यवाद दिएका छन् । मलेरियाको उपचारमा प्रयोग हुने औषधिले कोभीड १९को पनि उपचार हुनसक्ने अनुमान गरिएको छ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालयको मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन्।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ। त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक आठ डोज दिइने छ। 

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो। एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

सार्क कोभीड कोष

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्क कोभीड कोषको शुरुवात भएको छ। उक्त कोषमा सबै राष्ट्रहरुले रकम जम्मा गरेर दक्षिण एसियामा कोरोनासँग एकिकृतरुपमा लड्ने योजना रहेको छ। सार्कका सबै राष्ट्रका सरकारहरुको अनलाईन बैठक पनि बसिसकेको छ।

भारतको उक्त पहलमा नेपालले पनि आफ्नो सकृयता देखाएको छ। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका थिए। भारतले नेपाललाई सहयोग गर्ने र मिलेर लड्ने कुरामा दुवै नेताहरु सहमत भएको कुरा दुवै नेताहरुले ट्विटर मार्फत सार्वजनिक गरिसकेका छन्।

भारतमा नागरिक सहयोगको क्यानाडाद्वारा अनुसरण

भारतले आफ्ना नागरिकहरुलाई मदत गर्नका लगि ३० हजार करोड भारतीय रुपियाको कोष खडा गरेको छ। प्रधानमन्त्री जनधन योजना अन्तर्गत हरेक महिलाको खातामा ५ सय रुपिया जम्मा गरिएको छ।

उक्त भारतीय मोडलको क्यानाडाले पनि अनुसरण गरेको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडुले १० करोड डलरको कोष खडा गरेका छन्। क्यानाडाले आफ्ना बिपन्न एवं अफठ्यारोमा परेका नागरिकहरुलाई सहयोग गर्न उक्त कोष खडा गरेको बताईएको छ।

क्यानाडा सरकारले उक्त रकम बिभिन्न संघ संस्थाहरु मार्फत खाना नपाएका मानिसहरु बिच पुर्‍याउने योजना सार्वजनिक गरेको छ। यो बिषम परिस्थितीमा क्यनाडाका जनताहरुलाई सहयोग पुर्‍याउनु आफ्नो प्राथमिकता रहेको प्रम ट्रुडुले बताएका छन्।

अमेरिकाको आर्थिक प्याकेज

अमेरिकाले साना व्यवसायहरुलाई जोगाई राख्न ३ सय ४९ अरब डलरको प्याकेज घोषणा गरेको छ। साना व्यवसायहरुले आफ्नो व्यवसाय जोगाउन र आफ्ना कर्मचारीहरुलाई तलब खुवाउनका लागि उकत राहत प्याकेजले काम गर्ने बताईएको छ।

गत हप्ता मात्र अमेरिकामा करिब ६६ लाखले बेरोजगारीको फारम भरेको बताईएको छ। उक्त संख्या आउँदा हप्ताहरुमा अझ बढ्ने निश्चित देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ