arrow

साउदी युवराज तथा रूसी राष्ट्रपतिबीच उर्जा बजार स्थिरताका लागि फोनवार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत २९ शनिबार
bin-salman-putin.jpg

रियाद। साउदी अरबका युवराज मोहम्मद विन सलमान विन अब्दुल्लाजिज अल साउद र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच उर्जा बजारको स्थिरताका लागि फोनवार्ता भएको साउदी प्रेस एजेन्सीले शनिबार जनाएको छ। टेलिफोनमार्फत् भएको कुराकानीमा उनीहरूबीच कोरोनाभाइरसबाट प्रभावित विश्व अर्थतन्त्रलाई थप प्रभावित हुनबाट जोगाउन सहकार्य गर्दै अघि बढ्ने बिषयमा छलफल भएको बताइएको छ।

यसअघि शुक्रबार भएको वार्तामा साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ता मुलुकहरू र अन्य केही मुलुकका मन्त्रीहरूबीच भिडियो सम्मेलनमार्फत कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण प्रभावित अर्थतन्त्रलाई उकास्न उर्जा बजारको स्थिरताबारे बिहीबार भएको छलफल र यसका निष्कर्षका बिषयमा विचारहरू आदानप्रदान भएका थिए। 
बैठकमा मेक्सिको बाहेकका तेल उत्पादक राष्ट्रहरूबीच समग्र तेलको कच्चा पदार्थ उत्पादनलाई कटौती गर्ने सहमति भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ